मंगलबार , अषोज २७, २०८३

बेरुत । सिरियामा विष्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विष्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकामध्ये तीन जना बालबालिका पनि छन् । घटना अत्यन्त क्रुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको उपचार स्थानीय विभिन्न अस्पतालमा भइरहेको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने अल बाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो ।
शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन् । रासस/एपी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP