मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनपछि बिलिन हुन्छ भनेर एमालेले हल्ला फैलाइरहेको बताएका छन् ।

आज (शनिबार) एकीकृत समाजवादी उपत्यका युवा विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूहरूले बामपन्थी शक्तिहरूलाई एकतावद्ध गर्नका लागि हात अघि बढाएको भन्दै अरु दलसँग बिलिन हुने अवस्था नरहेको बताए ।

स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई आएको मतदेखि डराएर समाजवादी अन्य पार्टीसँग बिलिन हुने एमालेले हल्ला चलाएको र त्यसमा कुनै सत्यता नरहेको उनले बताए । उनले एमालेले फालेको झुटको पुलिन्दालाई एकीकृत समाजवादीले काउण्टर जवाफ दिनुपर्ने बताएका छन् । अध्यक्ष नेपालले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता प्राप्त गरेकाले अबको निर्वाचनमा पनि गठबन्धनसँगै अघि बढ्ने जिकिर गरे ।

उनले केही नेताहरूका कारण पार्टीप्रति जनताको वितृष्णा पैदा भइरहेको भन्दै जनताको हितमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले भने, ‘अहिले पनि मसँग खवर आइरहेका छन-केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन । यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन । त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नु हुन्छ भने कुरा विग्रन्छ म क्लियर गर्न चाहन्छु । त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरीको जवाफ दिने । मुखभरीको जवाफ दिनु भएन भने रक्षात्मक भइन्छ । त्यस्ता मान्छेले केही पनि गर्न सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP