सोमबार , अषोज २६, २०८३

३० माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको, तर सशक्त रुपमा सडकमा नआएको नेपाली कांग्रेसका केही नेताले धुलिखेलमा छुट्टै भेला राखेका छन् ।

डा.शेखर कोइरालाले केन्द्रीय कमिटीका आठ नेतासहित २७ माघमा धुलिखेलमा भेला राखेका छन् । योजनाबद्ध नभई आकस्मिक भनिएको त्यो भेलाले संसद् पुनर्स्थापना नभए कांग्रेसकै अस्तित्वमा संकट आउनसक्ने निष्कर्ष निकालेको छ ।

भेलामा सहभागी एक नेताका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन र सत्ता हस्तान्तरण गर्न संसद विघटन गरेका होइनन्, तर यो तथ्य नबुझेझैं गरी सभापति शेरबहादुर देउवा प्रस्तुत भएको विषयमा समेत छलफल भएको छ ।

‘पार्टी सभापतिमा कञ्फ्युजन होला, त्यसैले पार्टी निर्णय विपरीत अर्थ लाग्ने गरी बोल्दै हिँड्नुभएको छ । तर उहाँ ब्युँझनुको विकल्प छैन’, ती नेताले भने, ‘पार्टी बैठकले संसद् विघटनलाई असंवैधानिक भनिसक्यो, असंवैधानिकलाई संवैधानिक बनाउन गलत कदमलाई सच्याउनुपर्छ भन्ने नै हो ।’

भेलामा कोइराला, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परिवार, दीपक गिरी र बद्री पाण्डे सहभागी थिए । र, सर्वोच्च अदालतले संसद विघटनको विषयमा फैसला दिनुअघि नै संसद् पुनर्स्थापना हुने बातावरण बनाउनुपर्छ भन्नेमा सबैको समान धारणा थियो ।

छिमेकी रिझाउने र राष्ट्रपतिसहित संवैधानिक निकायलाई हातमा लिएर ओलीले संसद् विघटन गर्नुको पछाडि लामै योजना रहेको काँग्रेसले बुझ्नुपर्ने पनि भेलाले निष्कर्ष निकालेको थियो ।

‘अहिले राज्यशक्तिको दोहन गरेर प्रचण्ड र माधवलाई सिध्याउने कोशिस भइरहेको छ । काँग्रेसले ओलीको ललीपपमा फस्ने हो भने भोलि काँग्रेसको पालो आउँछ, त्यसैले प्रणाली जोगाउन संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने भयो’, सहभागीका अर्का नेताले भने ।

धुलिखेल भेलामा पार्टीको चौंधौं महाधिवेशनबारे पनि छलफल भएको थियो । वैधानिक सीमा भित्र महाधिवेशन हुन नसके पनि संवैधानिक सीमाभित्रै गर्न दबाव सिर्जना गर्नेमा पनि नेताहरु एकमत भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP