शनिबार , असार १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । कहींकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कार्यको सुरुवात गर्न सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । दाम्पत्य जीवनमा मतभेद भए पनि माया एवं समझदारीको भने कायम रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्यारो साथीसँग भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जीवन साथीसित वैचारिक मतभेद हुनसक्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउने छ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज इच्छा र आकांक्षाा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । आस्थामा पनि वृद्धि होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP