मंगलबार , बैसाख २९, २०८३

काठमाडौं, १३ साउन । नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध सुरु गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री हुँदाको माओवादी जनयुद्ध सुरु हुन संयोग हुनसक्छ । तर, उनी प्रधानमन्त्री हुँदा वार्ताको विषय पनि उठे । तर, जब जब देउवा प्रधानमन्त्री भए तब तब माओवादीले शक्ति सञ्चय गर्न सक्यो ।

शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष प्रचण्डले अन्य दलका नेताहरुभन्दा सबैभन्दा निकटता प्रचण्डसँग नै बनाए । प्रचण्डको साथ पाएर देउवा चौंथोपटक प्रधानमन्त्री भए ।

देउवा तेस्रोपटक प्रधानमन्त्री भएर तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा हटाइएका थिए । त्यसको १२ वर्षपछि देउवा चौंथोपटक प्रधानमन्त्री हुँदा प्रचण्डको साथ पाए । देउवा र प्रचण्डबीच सुमधुर सम्बन्ध बन्यो । त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बन्न देउवाले साथ दिएका थिए ।

देउवा पाचौंपटक प्रधानमन्त्री बन्दा प्रचण्डको साथ पाएका छन् । प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन नेकपा विघटन देखि वामपन्थी एकता नै तोडेको इतिहास छ ।

अहिले प्रचण्ड देउवासँग नै मिलेर चुनावमा जान चाहन्छन् । सम्भवत मंसिरको चुनावमा प्रचण्डको पहिलो रोजाई नै देउवासँगको गठबन्धन छ । उनले सार्वजनिक रुपमा वामपन्थी गठबन्धन या समाजवादी केन्द्र गठनलाई नकारेका छन् । उनले काँग्रेससँगको गठबन्धनमै जोड दिए ।

प्रचण्डले देउवासँग आलोपालो प्रधानमन्त्रीको विषय पनि उठाइसकेका छन् । उनले चुनावपछि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा उभ्याएका छन् । यसरी देउवा र प्रचण्डबीचको कनेक्शन महत्वपूर्ण बनेको छ ।

विगतमा प्रचण्डले देउवासँगको गठबन्धनलाई छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाए । ओलीसँग उनको आलोपालो प्रधानमन्त्रीको सहमति बनेको थियो । तर, ओलीले प्रधानमन्त्री छाड्न नमानेपछि नेकपा विभाजनको अवस्थासम्म पुग्यो । ओलीले सहमति तोडेको भन्दै प्रचण्ड देउवासँगको भद्र सहमतिका साथ बढ्न थालेका छन् । उनको देउवासँगको कनेक्शन कहाँसम्म कसरी पुग्ने हो ? चासो बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP