शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं, १३ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सङ्घीय र प्रदेशको चुनावमा एमालेलाई हार्न छुट नभएको भन्दै पार्टीलाई जिताउनको लागि कम्मर कसेर लाग्न आम नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी अध्यक्षको गृहजिल्लाका रुपमा झापालाई देश र विदेशबाट समेत नियाँलिरहेको जनाउँदै उनले आउँदो निर्वाचनमा झापामा एमालेलाई हार्न छुट नभएको दाबी गरे । उनले व्यक्तिवादी र गुटगत प्रवृत्तिबाट माथि उठेर पार्टीको विधि, पद्धति र नीतिमा अडिग हुनुको विकल्प नरहेको बताए ।

आज (शुक्रबार) झापाको विर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई लोकप्रिय जनमत प्रदान गरेता पनि पार्टी पङ्क्ति पूर्णरुपमा एकताबद्ध हुन नसकेको गुनासो पोखे ।

उनले भने,“आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन ।” उनले झापा आमूल परिवर्तनको आन्दोलनको उद्गम थलो भएको हुँदा यहीँबाट पार्टीले नयाँ युगको सुरुआत गर्न कार्यकर्ताले कम्मर कसेर लाग्नुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र अराजकता र बेथिति बढेकाले सच्चिएर अगाडि बढ्नसमेत कार्यकर्तालाई आह्वान गरेका छन् । नेकपा एमाले जनताले जन्माएर हुर्काएको पार्टी हो भन्दै उनले पार्टीलाई जिताउन अहिल्यैदेखि वैचारिक प्रशिक्षण चलाउनुपर्ने र मतदाता शिक्षा टोलटोलमा पु¥याउनुपर्ने सुझाव दिए ।

उनले गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाको अभावमा पार्टीले कार्यकर्ताको मतको संरक्षण गर्न नसकेको बताए । अध्यक्ष ओलीले एमालेका कार्यकर्ता अरूभन्दा ‘एडभान्स’ हुनका लागि रचनात्मक र उद्यमशील हुनुपर्नेमा जोड दिए । एमालेका कार्यकर्ता गरी खानसक्ने हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP