शुक्रबार , भाद्र १२, २०८३

१२ साउन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन् ।

पार्टीको दमक नगर कमिटी कार्यालयमा विहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाएका हुन् ।

त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क थियो । यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै उनले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताए । उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, ‘राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो ?’ उनले अरुलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो’ उनले भने ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’ आगामी दिनमा गल्ती नदोर्‍याउन र पार्टीले जित्ने गरी काममा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP