शुक्रबार , जेठ २४, २०८२

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउँदै आइरहेको ओएसिस एजुकेशनले नयाँ ब्राण्ड एम्बेसडर सार्वजनिक गरेको छ । ओएसिसले यसवर्षको मिस नेपाल वल्र्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

ओएसिसका संचालक कुशल केसी मिस नेपालको माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय र किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरुमा उक्त जानकारी पुर्‍याउन सहयोग मिल्ने विश्वास गर्छन् । केसी भन्छन्,‘हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौं, उहाँको कौशलता र उदारताको गुण हाम्रो कार्यशैलीसंग मिल्ने हुनाले हाम्रो यस साझेदारी निकै नै फलदायी हुनेछ ।’

मिस नेपाल प्रियंकाले पनि ओएसिसिसंग जोडिन पाउँदा खुशी व्यक्त गरेकी छन् । पत्रकारिताकी विद्यार्थी तथा बहुयामिक मिस नेपाल वल्र्ड प्रियंका आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलब्धीको प्रमुख कारण स्तरीय शिक्षा नै मान्छन् । तसर्थ प्रियंका भन्छिन्, ‘सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसिसड गर्न सहयोग गर्दै आएको यस कम्पनीसंग आवद्ध हुन पाउँदा निकै उत्साहित छुु ।’

ओएसिस र मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यसअघि पनि ओएसिसको ब्राण्ड एम्बेसडरको रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रीखंला खतिवडा रहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP