आइतबार , जेठ १२, २०८२

टोकियो– जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध गरेको छ ।

गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युतको खपत अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत खपतमा सावधानी अपनाउन आग्रह गरेको हो ।

सरकारले सेप्टेम्बरदेखि विद्युतको प्रयोगमा कटौती गर्ने कुनै तालिका सार्वजनिक नगरे पनि मानिसहरूलाई उद्योगहरूको सञ्चालन तथा नागरिकहरूको दैनिक जीवनमा बाधा सिर्जना नगरिकन विद्युत खपत स्तर कम गर्न आग्रह गरेको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार सातौं दिनसम्म लगातार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको र यसबाट ‘अत्यधिक गर्मी’ भएको अधिकारीहरूले बताएका छन् ।

शुक्रबार टोकियोमा ३७.० डिग्री सेल्सियसमा पुगेको छ । विद्युतको कमीबाट बच्न मानिसहरूले ऊर्जा संरक्षणका उपायहरू अपनाउनु विशेष गरी महत्वपूर्ण हुन भन्दै सरकारले साँझ ५ बजेदेखि ८ बजेसम्म कम विद्युत खपतका लागि सूचना जारी गरेको हो । उक्त समय सौर्य ऊर्जा उत्पादन घट्दा विद्युतको माग अनुसार आपुर्तिमा अभाव हुने देखिएको अधिकारीले बताएका छन् ।

यस बर्ष जापानका विभिन्न छ स्थानमा ४० डिग्री असामान्य तापक्रम वृद्धिसँगै अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले मानिसहरूलाई तापघात र तापसित सम्बन्धित अन्य रोगहरूको चिन्ताले गर्दा एयर कन्डिसनरको प्रयोग जारी राख्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले एयर कन्डिसनर बन्द गर्नुको सट्टा बत्तीको लागि बिजुलीको खपतमा कमी गर्न र अनावश्यक विद्युतीय उपकरणहरूको कम प्रयोगका लागि आग्रह गरेको हो ।

जापानको मौसम विज्ञान निकायले कान्टो–कोशिनदेखि क्युशु क्षेत्रसम्म व्यापक गर्मीसँगै शुक्रबार ‘लु’ लाग्ने चेतावनी जारी गरेको थियो । जापानका अस्पतालहरूमा उच्च तापक्रमका कारण देखिने समस्याहरू लिएर जानेको सङ्ख्या उल्लेख्य बढेको बताइएको छ ।

तातो हावा बहने सम्भावना रहेका क्षेत्रमा उच्च तापक्रमका कारण हुनसक्ने मस्तिष्कघात रोक्न नागरिकहरूले घरबाहिर निस्कँदा मास्क नलगाउन जापानका उप–मुख्य मन्त्री सेइजी किहाराले आग्रह गर्नुभएको छ ।

किहाराले यस विषयमा प्रेस ब्रिफिङमा भन्नुभयो, “कोभिड–१९ सङ्क्रमण रोक्नका लागि यसपूर्व सरकारले गरेको निर्देशनलाई पुनः विचार गर्दै निकै नजिक रहेर अरू मानिससँग बोल्दा वा बस्दाबाहेक मास्क फुकाल्न आग्रह गर्दैछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP