चन्द्र प्रकाश गुरुङ्ग / डर्विन 

डार्विन भलिबल एसोसिएशन द्वारा संचालित २०२२ को पहिलो सिजनको बिभिन्न लिग खेलहरुको फाईनल बिहिबार सम्पन्न भएको छ। केहि बर्ष सुस्ताएको भलिबल फेरि यस बर्षबाट चर्चामा आउन थालेको छ। सन २०२२ को पहिलो सिजनमा ३ छुट्टा छुट्टै लिगहरु संचालन गरिएको थियो।

हरेक मंगलवार सॉझ खेलिने महिला तथा पुरुष लिग सिजनको सबभन्दा महत्वपूर्ण प्रतियोगिता मानिन्छ । गत बुधवार जुन १५ तारिख मा सम्पन्न फाईनलमा पुरुष तर्फ Vypers ले Vypers 2 लाई पराजित गरि प्रथम हुन सफल भयो भने Vypers 2 ले दोश्रो स्थानम हासिल गरेको थियो। तेश्रो स्थानकोलागि CDU भलिबल क्लब र parovparov बीच भएको खेलमा parovparov ले जित हॉसिल गर्यो।

पुरुष लिग तर्फ नेपाली टिम ३ वटा र नेपाली खेलाडी मिश्रीत २ टिम गरि जम्मा १० टिमहरु सहभागि थिए। नेपालीको तर्फबाट CDU भलिबल क्लब मात्र सेमीफाईनमा प्रवेश हुन सफल भएपनि कुनै उपाधी जीत्न भने सकेन। त्यसैगरि महिला तर्फ नेपाली एक टीम सहित ६ टिम लिगमा सहभागि थिए। महिला तर्फ Beastmode, Spicygorls र Islanders क्रमश पहिलो दोश्रो र तेश्रो भएका थिय।

१९ बर्ष मुनीका खेलाडीहरुको लागि यसपटक बाट नयॉ प्रतियोगिता राखिएको थियो। जसमा ८ टिमहरुले भाग लिएका थिए। बुधवार १६ जुनमा सम्पन्न फाईनल खेलमा NOTHING BUT NET प्रथम, Sistagorls दो़श्रो र How I set your mother तेश्रो हुन पुगे।

Social Mixed तर्फ १३ टिम सहभागि थियो जसमा नेपाली खेलाडिहरु समेत रहेको २ टिमले भाग लिएका थिए। बिहिबार भएको फाईनलमा Spiked Punch पहिलो, Ravens दोश्रो र Wannabes ले तेश्रो स्थान हासिल गरेका थिए।


बिजय खेलाडि हरुलाई टूर्नामेंट डाइरेक्टर लुक जेट्टर र मुख्य रेफ्री चन्द्र प्रकाश गुरुङ्गले पदक बितरण गरेका थिए।

अब अर्को सिजन केहि हप्ता पछिको स्कुल होलिडे पछि सुरु हुने जानकारी डार्विन भलिबल एशोसियसनले दिएको छ ।

बिगत केहि बर्षहरुमा डार्विन मा भलिबल गतिबिधि केहि सुस्ताएको थियो र प्राय जुनियर र सोसल मीक्स खेलहरु मात्रै हुने गर्दथ्यो। गतबर्ष नेपालीहरुले पहिलो नेपाली भलिबल कप र पहिलो मल्टी कल्चरल कप आयोजना गरेपछि भलिबल को प्रचार प्रसार र चर्चा बढ्न थालेकोले लिग खेलहरुमा सहभागिता बढेको देखिन्छ ।

समाचार संकलक उक्त खेलका मुख्य रेफ्री समेत रहेका थिए। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०३ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अष्ट्रेलियामा दसैंको टीका असोज २७ गते(अक्टोबर १३) लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय


TOP