
२०२२ जुन को १० गते, शुक्रबार भएको कार्यक्रममा ५५० भन्दा धेरैको उपस्थिति रहेको थियो। जसरी इभेन्टको नाम 𝐌𝐄𝐆𝐀 𝐂𝐎𝐍𝐂𝐄𝐑𝐓 राखिएको थियो त्यसरिनै कार्यक्रम Mega success भएको थियो।
NRNA-NT अध्यक्ष बिष्णु चापागाईंको पनि उपस्थिति रहेको उक्त इभेन्टमा NRNA-NT उपाध्यक्ष संजिव ढकाल संगै डार्विनका चर्चित ब्यवसाही देखि बिधार्थी सम्मको उपस्थिति रहेको थियो।
राम्रो संग ब्यवास्थापन गरिएकोले पनि कार्यक्रम सफल भएको साथै पप/रक मा पनि हरेक किसिमको संगीत मनपराउने दर्शक/श्रोता ले यो कार्यक्रममा आफ्नो किसिमको स्वाद पाएको भएर पनि निकै राम्रो उपस्थिति रहेको जानकारी NRNA-NT अध्यक्ष चापागाईंले पुराखबरलाइ दिनु भयो।
कार्यक्रम सिटी स्थित OPIUM nightclub मा सम्पन भएको थियो।
Pic Source: Aacsh Photography