सोमबार , अषोज २६, २०८३

काठमाडौँ । अस्ट्रेलियाका नेपालीहरुको कथा समेटिएको नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ। बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो। एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको संयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहनेछ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्मले नेपालबाट अस्ट्रेलिया जाने नेपालीको कथालाई बोल्नेछ। सन्तोष अधिकारी निर्माता रहेको फिल्ममा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत सह–निर्माता छन्।

अस्ट्रेलियामा छायाङ्कन हुने फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन्। कथामा चे शंकरको पटकथा छ। फिल्ममा अस्ट्रेलियन छायाकार रायको छायाङ्कन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको सङ्गीत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP