मंगलबार , असार २३, २०८३

एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक आफै प्रहरी सम्पर्कमा आएका छन् ।उनीमाथी प्रहरीले कमन असल्टको मुद्दा दर्ता गरेको छ ।

बिहिबार बिहान ११ बजेतिर सिड्नीको रोजहिलस्थित एक क्याफेमा काम गरिरहेका कफी बारिष्टा सुमन घितालमाथी ग्राहकले तातोकफी छ्यापेका थिए । २७ वर्षिय सुमनको स्थाई घर ललितपुर हो । नेपालट्युबसंग कुरा गर्दै समुनले सो घटनाबाट आफु अझै पनि त्रसित भईरहेको बताउनुभयो । तीन वर्षदेखि सुमन सो क्याफेमा काम गर्दै आईरहेका छन् ।

रेष्टुरेन्टले फेसबुकमा सार्वजनिक गरिएको सिसिटिभी फुटेजमा खरानी रंगको हुडी लगाएका ती ग्राहकले छेउमा उभिएकी महिलाग्राहकको कफिको पैसा तिर्न खोज्दछ । तर, ती महिलाले हुन्न भनेपछि सुमनले पैसा लिन अस्विकार गर्छ । त्यहि रिसको झोकमा तीपुरुष ग्राहकले हातमा लिएको तातो कफी सुमनलाई हान्छन् । कफीले लागेर सुमनको अनुहार र हातमा पोलेको छ ।

अवस्था समान्य रहेको भन्दै सुमनलाई रियल हिरो भन्दै रेष्टुरेन्टले पोष्ट गरेको छ ।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनाको एक दिनपछि शुक्रबार साझ ती युवक आफै प्रहरी सम्पर्कमा आएर बयानदिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

ती युवकलाई पारामाट्टा सथानिय अदालतले जुलाई २६ मा हाजिर हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP