गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्य एक मानिने नेपाल फेष्टिभल अन्तर्गत डार्बिनको नेपाल फेष्टिभल करिव दश हजार बढीको सहभागीतामा भव्यताका साथ सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजनामा नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लब लगाएत अन्य बिभीन्न सँघसंस्थाको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा जुन ४ शनिवारका दिन नेपाललाई झल्को दिलाउने नेपाल फेस्टीभल भएको थियो।

महत्सवको मुख्य आकर्षणको रुपमा नेपाली धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपालमा पाइने चियाका परिकार चाख्न पाइने, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपाली खानाका विभिन्न स्टलहरु रहेका थिए भने नेपाल हाउसमा राखिएको नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु प्रयोगसहित नै प्रदर्शनमा सबैको आँखा गएको थियो ।

नेपाल फेष्टिभलको अर्को आकर्षणमा वीर गोर्खालीहरुको गाथा बोकेको स्टल रहेको थियो भने नेपाली मौलीक परम्परा बोकेको बेहुला बेहुली बनेर फोटो खिच्ने सुविधा पनि महोत्सवको अर्को आकर्षण बनेको थियो। नेपालीका अलावा अन्य बिभीन्न समुदाएका  व्यक्तिहरुले महत्सवमा भर्पूर मनोरन्जन लिएका थिए। महोत्सवमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारी दिनेगरी फोटोहरु प्रदर्शन समेत गरिएको थियो ।

बिभीन्न कला, सँस्कृती, भेषभुषा झल्किने झाँकी सहित नेपाली परम्परागत नृत्यको साथमा महोत्सवको अर्को आकर्षणको केन्द्र बिन्दु नेपाली चर्चीत व्याण्ड रविन एण्ड रेभ्यलुसनको कन्सर्ट रहेको थियो।

अस्ट्रेलियामा बस्दै आएका स्थानीय नागरिक साथै अन्य देशका दर्शकलाइ समेत नेपाली सस्कृति र नेपाली स्वादको खानाले बाधेर लामो समय सम्म राख्न  सक्नु  महोत्सवको आर्को  उपलब्धि रहेको थियो।

महोत्सव सफल बनाउन दिनरात खट्ने ३००  स्वयमसेवकको काम र मेहेनतको उच्च मुल्यांकन गर्दै NRNA NT उपाध्यक्ष एवं नेपाल फेस्टिवलका कोडीनेटर संजिव ढकाल गोर्खालीले सबैलाई धन्यबाद दिदै यो कार्यक्रमको सफलताको सम्पूर्ण  श्रेय स्वयमसेवकको टिमलाइ दिनुभयो।  साथै सम्पूर्ण नेपाली समुदायको साथ र सहयोगको लागि फेस्टिभलमा सहभागी हुने अथिति सहित हेर्न आउने आगन्तुकलाइ NRNA NT साथै सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै धेरै-धेरै धन्यबाद ज्ञापन गर्नु भयको थियो।

डार्विनको नेपाल फेष्टिभलमा सहभागी हुनका लागि एनआरएन अस्ट्रेलियाका प्रेसिडेन्ट नन्दु गुरुङ्ग लगाएत अन्य राज्यबाट एनआरएनएका पदाधीकारीहरु समेत डार्वीन पुगेका थिए।

तस्विर : Catch Smile 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०३ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अष्ट्रेलियामा दसैंको टीका असोज २७ गते(अक्टोबर १३) लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय


TOP