मंगलबार , बैसाख २९, २०८३

डार्विन, अष्ट्रेलिया ।

नर्दन टेरेटोरीको डार्विनमा आगामी जुन ४ तारिख नेपाल फेष्टिभल २०२२ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा राज्य सरकारले समेत सहभागिता जनाएको छ ।

अघिल्लो पटकको नेपाल फेष्टिभलबाटनै आर्थिक सहायता गरेको राज्य सरकारले यो क्रमलाई निरन्तर राखेको छ । डार्विनको मुटु मानिने वाटरफ्रन्टमा हुन लागेको नेपाल फेष्टिभल मुख्यत नेपाली भाषा, कला, संस्कृति र भेषभूषा र नेपाली खाना झल्काउने उद्देश्यले हुन लागेको गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीका संयोजक विष्णु चापागाईंले  जानकारी दिए ।

चपागाईंले भन्छन, “यो हामी नेपाली नेपाली मात्र भेला भएर मनाउने नेपाल फेष्टिभल होइन । नेपाली र यहाँ रहेका अन्य समूदायका अष्ट्रेलियनहरु मिलेर, यहाँको सरकारी तहका उच्चपदस्थ अधिकारीहरुसहित मिलेर हामीले मनाउन लागेका छौं । नेपाल फेष्टिभलले नर्दन टेरेटोरीमा नेपालीहरुको उपस्थितिलाई त जगाउने छ नै यहाँको बहुसांस्कृतिक समाजलाई नेपालको बारेमा जानकारी पनि दिनेछ र नेपाल भ्रमणको निम्ति उत्प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

यस पटकको नेपाल फेष्टिभलमा अष्ट्रेलियाका नेपालीभाषी कलाकारहरुका साथै नेपालबाट रविन तामांगले समेत सहभागिता जनाउँदैछ । यसका साथै धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपाली चिया चाख्ने स्पर्धा, बालबालिकाहरुको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न परिकार पाइने स्टलहरु मुख्य आकर्षण रहने जानकारी गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीका उपाध्यक्ष एवं नेपाल फेस्टिवल संयोजक संजिव ढकाल गोर्खालीले दिनुभयो।  

नेपाल फेष्टिभललाई नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लबको समेत सहकार्य रहनेछ ।

नेपाल फेष्टिभल दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने छ भने अस्ट्रेलियन समुदाय बीच निकै लोकप्रिय मानिने फायर ओर्क्स (Fireworks) पनि गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP