News & pic source : Nepalese Australia / Rishi Aacharya 

अस्ट्रेलियाका आठवटै राज्यहरुमा बिबिध कार्यक्रम गरेर अन्तराष्ट्रिय सगरमाथा दिवस (Celebration of International Everest Day May 29 ) मनाईएको छ । फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अस्ट्रेलिया (फेन्का)को आयोजनामा यही मे २९ आईतबार बिहान एड्भेन्चर वाक सहित अस्ट्रेलियाका सबै राज्यका सहरहरुमा सगरमाथा दिवस मनाईएको हो ।

फेन्का अध्यक्ष डा कृष्ण हमालका अनुसार सगरमाथाको संरक्षण र सगरमाथा सहित नेपालका प्रचार प्रसारको लागि आयोजित कार्यक्रम अस्ट्रेलियाका सबै राज्यहरुमा भब्य रुपमा सम्पन्न भएको छ । डा हमालका अनुसार यहाँ रहेका नेपाली सामुदायिक संस्थाहरुको सहकार्यमा यो कार्यक्रम भएको हो । डा हमालले भने, “पर्यटन सँगै सगरमथाको पर्यावरण संरक्षणको लागि जनचेतना जगाउन यो कार्यक्रम गर्न भएको हो ।”

न्य साउथ वेल्स राज्यमा हेन्लि मरिन ड्राईभ फाइभ डकमा बिहान आठ बजे भेला भएका नेपालीहरुले करिव पाँच किलोमिटर समुन्द्रको तटिय क्षेत्रमा पैदल यात्रा गरेका थिए ।

पैदलयात्रा पछि भएको औपचारिका कार्यक्रममा न्यु साउथ वेल्सका महाबाणिज्यदुत दिपक खड्का, एन आर एन अस्ट्रेलिायाका उपाध्यक्ष देब गुरुङ र फेन्का न्यु साउथ वेल्स संयोजक बिष्णु हमालले सगरमाथा दिवसको महत्वका बारेमा बोलेका थिए । कार्यक्रमको संचालन फेन्का महासचिव डा मधु पुडाशैनीले गरेका थिए ।

सगरमाथामा पर्यावरणिय प्रभावका बारेमा अन्तरक्रिया
बिश्व उष्णीकरण र जलबायु परवर्तको करण सगरमाथामा भएको पर्यावरणिय प्रभावका बारेमा पर्वतिय बिकासको क्षेत्रमा काम गरिरहेका बिज्ञहरुको सहभागितामा २९ मे आइतबार साँझ जुम मार्फत अन्तरक्रिया गरेका थिए ।

फेन्का उपाध्यक्ष बम योञ्जनले नेप्लिज अस्ट्रेलियनलाई दिएको जानकारी अनुसार कार्यक्रममा भिक्टोरियाका बातावरण मन्त्री, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख, सगरमाथा आरोही र बतावरणबिद्धहरुको सहभागिता रहेको थियो ।

अस्ट्रेलियाका आठवटै राज्यअरुमा अन्तराष्ट्रिय सगरमाथा दिवस
फेन्काको संयोजनमा अस्ट्रेलियाको दिक्षणको टापु राज्य तास्मानिया देखि उत्तरको टप इण्ड डार्विन, पश्चिम अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, राजधानी क्यानबेरा, क्विन्सल्याण्ड राज्यम सगरमाथा दिवस मनाईएको थियो ।
News and Pic source from @ Nepalese Australia/ Rishi Aacharya

Celebration of International Everest Day May 29 in Adelaide, South Australia

Celebration of International Everest Day May 29 in Adelaide, South Australia

Celebration of International Everest Day May 29 in Brisbane, Queensland

Celebration of International Everest Day May 29 in Canberra, Australian Capital Territory

 

Celebration of International Everest Day May 29 in Perth, Western Australia

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०३ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अष्ट्रेलियामा दसैंको टीका असोज २७ गते(अक्टोबर १३) लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय


TOP