सोमबार , असार १५, २०८३

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट छत्रकोट गाउँपालिकामा नेकपा एमालेका युवा नेता रामप्रसाद पाण्डे विजयी हुनुभयो ।
उहाँले नेपाली कांग्रेसका अनन्तराम पौडेललाई ६३८ मतले पराजित गर्दै निर्वाचित हुनुभयो ।
नव निर्वाचित छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई तपाईका आगामी नयाँ योजनाहरु के छन् भनेर गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाई छत्रकोट गाउँपालिकको अध्यक्षमा निर्वाचित त हुनु भयो तपाईको पहिलो योजना के छ ?

म भर्खर मात्रै निवाचित भएर पद तथा गोपनीयताको शपथ लिएको छु । गाउँपालिकामा पहिलो काम भनेको मैले बसाई सराईको दरलाई कम गर्नका लागि योजना बनाएको छु । ग्रामीण स्तरबाट बुटवल वा शहरहरुमा बसाई सराई गरी जानेको संख्या बृद्धि भइराखेकाले त्यसलाई रोक्नु नै मेरो पहिलो प्राथमिकता रहनेछ ।

बसाई सराईलाई रोक्ने आधारहरु केके छन् ?

बसाई सराईलाई रोक्नका लागि गुण्स्तरीय शिक्षा, स्वास्थ्य र बेरोजगारीहरुलाई अन्त्य गर्न सकेमा मात्र त्यसको समस्या समाधान हुन्छ । यसलाई मैले पहिलो प्राथमिकता दिएर राखेको छु । गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नमुना सामुदायीक बिद्यालयहरुसंग अन्र्तक्रिया , छलफल र अबलोकन गर्ने आवश्यक परे बिज्ञहरु बोलाएर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि योजना बनाउने गरी लागेको छु ।

बेरोजगारीलाई अन्त्य गर्ने तपाईसंग योजना केछ ?

हो गाउँमा अहिले रोजगारी नभएका कारणले पनि बसाई सराइको दरमा बृद्धि हुँदै गएकाले गाउँमै ब्यबसायीक रुपमा कृषि र पशुपालनको माध्यमबाट बेरोजगारीलाई अन्त्य गर्न सकिन्छ भन्ने मेरो बुझाई छ ।
यसका लागि गाउँपालिका भित्र साना तथा मझौला उद्योगहरु संचालन गर्ने कृषि र पशुपालनमा आधुनिकीकरण गरी उत्पादनलाई जोड दिएमा बेरोजगारीलाई केही मात्रामा हल गर्न सकिन्छ ।
किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणको ग्यारेन्टी गाउँपालिकाले गर्ने गरी योजना बनाएको छु । बजारीकरणको जिम्मा गाउँपालिकाले लिएपश्चात किसानलाई बजारको समस्या नहुने र उत्पादनमा बृद्धि हुने गरी काम मात्रै गरे पुग्ने भएकाले उत्पादनलाई नै जोड दिएर पालिका भित्रका नागरिकहरुलाई आत्म निर्भर बनाउन सकिन्छ ।

युवाहरुलाई स्वदेशमा नै टिकाई राख्ने योजना केही छन् ?

पछिल्लो समयमा युवाहरु रोजगारीकै लागि बिदेशीने क्रम पनि भएकाले युवाहरुलाई स्वदेशमानै टिकाई राख्न का लागि पनि ब्यबसायीक रुपमा कृषि र पशुपालन नै उत्तम आधार हो । दीर्घकालिन रुपमा युवाहरुलाई स्वदेशमा नै टिकाई राख्नका लागि यी बाहेक अन्य योजनाहरु पनि बनाउने गरी म लागेको छु ।

सामान्य बिरामी पर्दा पनि स्थानीयहरु पाल्पा बुटवल धाउनु पर्ने अबस्था छ यसलाई कसरी अन्त्य गर्ने ?

हो गाउँमा अझै पनि सामान्य हात खुट्टाभाँचिएर प्लस्टर गर्न पाल्पा बुटबल धाउनुपर्ने अबस्था भएको सत्य हो । गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणधिन अबस्थामा रहेको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई गाउँमैदक्ष डाक्टरहरु ल्याई स्वास्थ्य उपचारमा सहजता ल्याउने योजना छ । कही कतै डाक्टरहरु गाउँमा आउन नमान्ने गरेका उदाहरणहरु पनि छन् गाउँपालिकाले दक्ष डाक्टरहरुलाई गाउँकै अस्पतालमा टिकाई राख्ने गरी योजना बनाउने छ ।
समग्रमा भन्दा गाउँमै गुणस्तरीय शिक्षा ,स्वास्थ्य प्रदान गर्नु र बेरोजगारीलाई गाउँमै रोजगार सृजना गर्न सकेमा बसाई सराईको दर पनि कम हुने बिश्वास लिएको छु । ब्यबसायीक रुपमा कृषि र पशुपालनको माध्यमबाट आत्म निर्भर बनाउनु र युवाहरुलाई स्वदेशमानै टिकाई राख्ने गरी काम गर्ने मेरो प्रतिवद्धता हो ।

@khabarMarket

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP