शनिबार , जेठ २५, २०८२

एमाले अध्यक्ष केपी शर्माको हवाला दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर दिइएको खबरले राजनीतिक माहौल फेरि तातेको छ ।

स्थानीय तहको निर्वाचनमा भएको पराजयलाई अहिलेसम्म स्वीकार्न नसकेको एमाले नेतृत्वले बजेट भाषणलगत्तै अन्य दलका नेतालाई प्रधानमन्त्रीको अफर दिनु आफैँमा अचम्मको विषय बनेको खुमलटार र कोटेश्वर निकट स्रोतले बताएको छ ।

स्थानीय तहको निर्वाचनमा दुई तिहाई पालिकामा विजयी हुने र आगामी प्रदेश तथा संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउने उद्घोष गर्दै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँका अति विश्वासपात्रहरु यसबीच उग्र भाषण गर्न केही हच्किनुभएको छ ।

भलै गत बिहीबार संसद बैठकमा ओलीले तीन घण्टासम्म आफू र आफ्नो दलबाहेक अरुलाई छारष्ट गर्न बाँकी राख्नुभएन ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलबीच भएको चुनावी तालमेलका कारण एमालेले विगतको तुलनामा झण्डै एक सय पालिकाको नेतृत्व गुमाएको छ ।

हिजो चुनावी उद्देश्यले ओतप्रोत बजेट सार्वजनिक गरिएको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले पुनः तालमेल गरेर चुनाव लड्ने भएपछि एमाले अध्यक्ष ओली र नेतृत्वले फुटाऊ र राज गरको सिद्धान्त अंगाल्दै प्रचण्ड र नेपाललाई प्रधानमन्त्रीको अफर गरेको अनुमान केहीले लगाएका छन् ।

शनिवारको संसद बैठकमा स्वयम् माओवादी अध्यक्ष दाहालले अध्यक्ष ओलीलाई स्पष्ट भाषामा पुनः प्रधानमन्त्री बनेर देखाउन खुल्ला चुनौती दिनुभएको थियो ।

उहाँले ओलीलाई पहिलो पटक र दोस्रो पटक प्रधानमन्त्री हुँदाको आधारवारे निधार खुम्चाएर सोच्न र वास्तविकता नबिर्सन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP