सोमबार , अषोज २६, २०८३

काठमाडौं, २८ माघ । ‘संरचनाबिना देश बन्न सक्दैन । अब देश र जनतालाई उपलब्धि दिन सक्ने नयाँ कुलमान चाहिन्छ’ प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले बुधबार विरोध सभालाई सम्बोधन गर्दै भनेका छन् ।

लोकतान्त्रिकरण नभएकको भन्ने परिणाम आज देशले भोगिरहेको बताउँदै अब नयाँ कुलमान चाहिएको उनले बताएका छन् । उनले भने, ‘अब, राजनीतिकभन्दा बाहिर रहेका बुद्धिजिवी, नागरिक समाज र मिडिया लोकतन्त्रको रक्षाका लागि एक हुनुपर्छ ।’

प्रधानमन्त्री केपी ओलीले सबै अधिकार आफूमा निहीत गरेकोमा उनले अब सबैजना त्यसविरुद्ध अघि बढ्नुपर्ने पनि बताएका छन् । ओली प्रवृत्तिका कारण संविधानमा लेखिएको जनाधिकार अपांग भएको उनले बताए । साथै, उनले मन्तव्यको अन्तमा सरकारमा बसेर भ्रष्टचार गर्नेको निर्मूलीकरण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओली कहाँबाट पैदा भए भन्दै त्यसको जवाफ मागे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP