बुधबार , जेठ ८, २०८२

काठमाडौं, २८ माघ । यस वर्षको एसइई परीक्षा सरकारले केन्द्रस्तरबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले केन्द्र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगतको वर्ष जस्तै एसईई सञ्चालन गर्ने, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने निर्णय गरिसकेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सबै जिम्मा बोर्डले पाएका कारण अब एसइई परीक्षाको मिति पनि बोर्डले नै तोक्नुपर्ने छ । यता, बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले केन्द्रस्तरबाटै परीक्षा गराउने निर्णय गरेपनि लिखित निर्णय नआएसम्म समय नतोकिने जानकारी दिनुभयो ।

उहाँले परीक्षाको लागि फर्म भर्ने काम भने भैरहेको पनि जानकारी दिनु भयो । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानून बनाउन सकेको छैन ।

गत वर्षको एसईई परीक्षा कोभिड–१९ का कारण सरकारले विद्यालयको आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको थियो । तर, यस वर्षको परीक्षा भने अब बोर्डले नै लिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP