शुक्रबार , भाद्र १२, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केपी शर्मा ओलीसँग गठबन्धन नहुने बताएका छन् । उनले आफू र ओलीबीच फेरि गठबन्धन हुने सम्भावना नरहेको दाबी गरे ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड भन्ने व्यक्ति अलिक फरक चिज हो भन्ने सबैले बुझ्नुपर्ने टिप्पणी गरे ।

उनले यसअघि ०७४ को निर्वाचनमा पनि आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको तर आफूले त्यो प्रस्ताव अस्विकार गरेको स्मरण गराए । उनले आफूलाई केपी ओलीबाट प्रधानमन्त्री बन्ने अफर आएपनि त्यसलाई ईन्कार गर्ने घोषणा गरे ।

उनले भने,”अहिले केपी वा अरु कसैको मलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो भने म त्यसलाई ईन्कार गर्छु र अस्विकार गर्छु । म गठबन्धनकै पक्षमा उभिन्छु । यो मेरो चरित्र र विशेषता हो । मलाई गलत ढंगले बुझेका छन् मान्छेहरु । गठबन्धनमा समस्या आयो भने मिलाईन्छ । भोलि कांग्रेसले पनि गठबन्धनको सबै मूल्य र मान्यता तोड्यो भने के गर्ने भन्ने त हुने उनले सुनाए । तर, आफू गठबन्धनप्रति धेरै नै ईमानदार रहेको उनको भनाई छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचनमा हुने दाबी गरे ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP