मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियाले एक दशकको अन्तरालमा पहिलो पटक आफ्नो ब्याज दर बढाएसँगै यसको असरबारे चौतर्फी चासो सुरु भएको छ । सन् २०१० को नोभेम्बर महिनामा ब्याजदर बढाएको अष्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार नगद दर २५ आधार बिन्दुले ०.३५ प्रतिशत ब्याजदर वृद्धि गरेसँगै समग्र बजार मूल्यमा महंगिको मार थपिने आशंका बढिरहेको छ ।

अष्ट्रेलियाको रिजर्भ बैंकका गभर्नर फिलिप लोले महामारीको समयमा अष्ट्रेलियाको अर्थतन्त्रलाई मद्दत गर्नका लागि राखिएको केही ‘असाधारण मौद्रिक समर्थन’ फिर्ता लिन सुरु गर्ने यो नै सही समय समय भएको बताउनुभएको छ । अर्थतन्त्र लचिलो बन्दा मुद्रास्फीति अपेक्षा गरिएको भन्दा उच्च स्तरमा उठेको दाबी गर्दै लोवले ब्याजदरको अत्यन्त न्यून स्तरलाई ध्यानमा राख्दै मौद्रिक अवस्थालाई सामान्य बनाउने प्रक्रिया सुरु गर्नुपर्ने बताउनुभएको छ । ज्यालदर समेत बृद्धी भएको अवस्थामा ब्याजदर बृद्धिको मार ठूलो नहुने सरकारी प्रक्षेपण गरेको छ ।

यता, अष्ट्रेलियाका अर्थविद्हरूले भने १५ आधार बिन्दुले ०.२५ प्रतिशत ब्याजदर बढ्ने अनुमान गरिएकोमा केन्द्रीय बैंकको निर्णय अनुमान भन्दा धेरै माथि भएको बताएका छन् । अष्ट्रेलियाको वित्तीय सेवा फर्म एएमपीका लगानी रणनीतिका प्रमुख र प्रमुख अर्थशास्त्री शेन ओलिभरले ब्याजदर वृद्धिको मापन बजारको अपेक्षाभन्दा माथि रहेको बताउनुभएको छ । विश्लेषकहरूले मुद्रास्फीतिको तीव्र वृद्धिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले ब्याजदर बढाउने अपेक्षा गरेको भएपनि पछिल्लो त्रैमासमै खाद्यान्न, पेट्रोल र अन्य उपभोग्य वस्तुको मूल्य बढेको छ । अब अझ बढ्ने चिन्ता बढेको छ ।

कस्तो छ अष्ट्रेलियाको अर्थतन्त्र ?
अष्ट्रेलियाको उपभोक्ता मूल्य सूचकांक पहिलो त्रैमासिकमा २.१ प्रतिशतले बढेको छ । जबकी यसको अनुमान १.७ प्रतिशत आँकलन गरिएको थियो । वार्षिक आधारमा, उपभोक्ता मुद्रास्फीति ५.१ प्रतिशतले बढेको छ । यो वृद्धि २००१ यताकै उच्च भएको सरकारी तथ्यांकहरूले नै देखाएको छ ।

होबार्टमा रहेको वित्तिय संस्था मनिक्वेसटकी सञ्चालिका तथा होमलोन विशेषज्ञ मेघना राउत दशकपछि बढेको ब्याजदरले व्यवसाय र आवास क्षेत्रमा प्रभाव पर्ने बताउँनुहुन्छ । अष्ट्रेलियाको रिजर्भ बैंकले ब्याजदर बढाएपछि अरू बैंकले पनि ब्याजदर बढाउँने तयारी थालेको र यसको असर ठूलो रकम फिक्स ब्याजदरमा नलिनेहरुमा पर्ने उहाँको दाबी छ ।

विद्यार्थीहरुलाई कस्तो पर्छ ब्याजदर बृद्धीको असर ?
अष्ट्रेलियामा बसिरहेका विद्यार्थीहरूलाई र पढ्न आउनेहरुलाई भने ब्याजदर बृद्धिले प्रत्यक्ष असर पार्नेछैन । होमलोन विशेषज्ञ राउत अष्ट्रेलियामा बसेका विद्यार्थीहरूले व्यक्तिगत ऋण लिएका छन् भने उनीहरूलाई असर पर्ने, कोही विद्यार्थीले पिआर भएकाहरूसँग मिलेर घर लिनुभएको छ भने उहाँहरूले तिर्नुपर्ने रकम बढेर असर पर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP