शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं :माघ२६, वर्तमान संकटको समाधानसहित साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् । माघ २९ गते समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चाले अवधारणापत्र र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

‘संसदमा भएका पार्टीहरुबीचको खिचातानी, कलहले अहिले मुलुकमा उत्पन्न भएको समस्याको समाधान कसरी गर्ने ? भन्नेमा विभिन्न धारहरु देखा परेका छन् । जस्तो कोही संसद पुनःस्थापना भन्छन्, कोही चुनाव । तर हाम्रो भनाई यी दुवै विकल्पले समस्या समाधान दिँदैैन’ नेता गजुरेलले भने, ‘यो व्यवस्थाकै असफलता हो ।’

उनले अब आफुहरुले विकल्प खोज्दा व्यवस्थाकै विकल्प खोज्ने पनि बताए । ‘अब विकल्प खोज्दा व्यवस्थाकै विकल्प खोज्नुपर्छ र समाधानका लागि बैकल्पिक शक्तिहरुलाई भूमिका दिनुपर्छ भन्ने हाम्रो भनाई हो’ गजुरेलको भनाई छ । उनले त्यसका लागि घोषणा गरिने संघर्षका कार्यक्रम जनआन्दोलन टाइपकै हुने पनि बताए । गजुरेलले संसद विघटन विरुद्ध नेकपा प्रचण्ड माधव पक्षले गर्ने भनेको आन्दोलनमा भने उनीहरुको कार्यगत एकता हुने सम्भावना नरहेको प्रस्ट पारे । ‘अहिलेसम्म उनीहरुसँग कार्यगत एकता हुने सम्भावना देखेको छैन । किनभने उनीहरुले पनि हामीसँग कार्यगत एकता गर्न चाहेजस्तो पनि देखिदैन । उहाँहरुले आन्दोलन भन्दा पनि शक्ति प्रदर्शन भनेर शव्दहरु प्रयोग गर्नुभएकाले पनि त्यो सम्भावना छैन’ नेता गजुरेलको भनाई छ ।

यो व्यवस्थाको विकल्प के हुनसक्छ भन्ने प्रश्नमा गजुरेलले भने, ‘हामीले भन्दै आएकै हौ, यो व्यवस्थाको विकल्प खोज्नुपर्छ । यो संघीय लोकतान्त्रिक व्यवस्थाले मात्रै हुँदैन भनेर हामीले पहिले नै भन्दै आएका हौ । त्यसकारण गणतन्त्रबाटै खोजिनुपर्छ र त्यो विकल्प भनेको जनगणतन्त्र नै हो’ गजुरेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP