शुक्रबार , बैसाख ५, २०८२

केही दिनयता सुन र चाँदीको भाउ ओरालो लागेको छ।

मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोही दिन सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

सो मूल्यमा दिनहुँ गिरावट देखिएको हो। यो साताको पहिलो दिन सुन प्रतितोला एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन प्रतितोला एक लाख दुई सय रूपैयाँमा कारोबार भयो।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

त्यस्तै चाँदीको मूल्य पनि अघिल्लो साताको मंगलबारको तुलनामा आज ९० रूपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP