शुक्रबार , बैसाख ५, २०८२

सवारीसाधन (अटोमोबिल) व्यवसायीहरुको संगठन नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडी आयात खुलाउन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमाको टोलीले हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान हुने भन्दै गाडीको प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको अबरोध खुलाउन आग्रह गरेको हो ।

शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नआत्तिन अनुरोध गरे। ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने हो, त्यसकारण निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला,’ उनले भने । गाडी आयातको कडाइ केही समयका लागि मात्रै भएको भन्दै उनले धैर्य गर्न भने।

नाडाका अध्यक्ष थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव भएकाले सुविधा सम्पन्न प्रदर्शनीस्थलको निर्माणका लागि बजेट बिनियोजन गरिदिन आग्रह गरे । उनले गाडी व्यवसायमा कुल ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको तथा देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए ।

उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुंदा देशमा पर्न सक्ने असरहरुबारे बताए । छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे । महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त बातावरण तयार गरि दिन आग्रह समेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP