मंगलबार , अषोज २७, २०८३

सवारीसाधन (अटोमोबिल) व्यवसायीहरुको संगठन नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडी आयात खुलाउन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमाको टोलीले हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान हुने भन्दै गाडीको प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको अबरोध खुलाउन आग्रह गरेको हो ।

शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नआत्तिन अनुरोध गरे। ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने हो, त्यसकारण निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला,’ उनले भने । गाडी आयातको कडाइ केही समयका लागि मात्रै भएको भन्दै उनले धैर्य गर्न भने।

नाडाका अध्यक्ष थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव भएकाले सुविधा सम्पन्न प्रदर्शनीस्थलको निर्माणका लागि बजेट बिनियोजन गरिदिन आग्रह गरे । उनले गाडी व्यवसायमा कुल ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको तथा देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए ।

उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुंदा देशमा पर्न सक्ने असरहरुबारे बताए । छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे । महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त बातावरण तयार गरि दिन आग्रह समेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP