मंगलबार , अषोज २७, २०८३

काठमाडौं, ३ वैशाख । रुसले अमेरिकासहित उसका निकट देशहरुलाइ अविश्वसनीय परिणाम आउनसक्ने चेतावनी दिएको छ । युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै रुसले त्यस्तो चेतावनी दिएको हो । रुसको उक्त चेतावनीसँगै आणविक युद्धको खतरा औल्याइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार सीएनएनसँगको अन्तवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोग गर्न सक्ने बताएका छन् । पुटिनले मानिसको जीवनको कुनै मूल्य नगर्ने भन्दै आणविक या रसायनिक हतियार प्रयोग गर्नसक्ने खतरा बताए ।

युक्रेनले रुसको सैनिक जहाज मिसाइल हमलाबाट डुबाइदिएपछि नयाँ घटना विकास भएको छ । रुसले युक्रेनको मिसाइल उत्पादन गर्ने प्लान्ट नै ध्वस्त पारिदिएको छ । अमेरिका, नाटो देशका अलावा कतिपय देशहरुले युक्रेनलाई हतियार पठाएपछि रुसले कठोर नीति लिन थालेको छ । पूर्वी र दक्षिणी युक्रेनमा रुसी हमला केन्द्रित भएको छ ।

यसैगरी, ९ मे मा रुसले युक्रेनमाथि जितको घोषणा गर्ने तयारी गरेको खबरहरु आउन थालेको छ । ९ मे कै दिन रुसले हिटलको नाजी जर्मनी सेनामाथि जितको घोषणा गरेको थियो । यो खबरसँगै पुटिनले आणविक हतियारको प्रयोग गर्ने चर्चा चलेको छ । आणविक हतियारको रणनीतिक प्रयोग गर्न लागेको आशंका जेलेन्स्कीले पनि खुलाएका छन् । योसँगै सँसारमा आणविक हतियारको प्रयोगको खतरा बढेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP