आइतबार , जेठ २६, २०८२

काठमाडौं, ३ वैशाख । रुसले अमेरिकासहित उसका निकट देशहरुलाइ अविश्वसनीय परिणाम आउनसक्ने चेतावनी दिएको छ । युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै रुसले त्यस्तो चेतावनी दिएको हो । रुसको उक्त चेतावनीसँगै आणविक युद्धको खतरा औल्याइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार सीएनएनसँगको अन्तवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोग गर्न सक्ने बताएका छन् । पुटिनले मानिसको जीवनको कुनै मूल्य नगर्ने भन्दै आणविक या रसायनिक हतियार प्रयोग गर्नसक्ने खतरा बताए ।

युक्रेनले रुसको सैनिक जहाज मिसाइल हमलाबाट डुबाइदिएपछि नयाँ घटना विकास भएको छ । रुसले युक्रेनको मिसाइल उत्पादन गर्ने प्लान्ट नै ध्वस्त पारिदिएको छ । अमेरिका, नाटो देशका अलावा कतिपय देशहरुले युक्रेनलाई हतियार पठाएपछि रुसले कठोर नीति लिन थालेको छ । पूर्वी र दक्षिणी युक्रेनमा रुसी हमला केन्द्रित भएको छ ।

यसैगरी, ९ मे मा रुसले युक्रेनमाथि जितको घोषणा गर्ने तयारी गरेको खबरहरु आउन थालेको छ । ९ मे कै दिन रुसले हिटलको नाजी जर्मनी सेनामाथि जितको घोषणा गरेको थियो । यो खबरसँगै पुटिनले आणविक हतियारको प्रयोग गर्ने चर्चा चलेको छ । आणविक हतियारको रणनीतिक प्रयोग गर्न लागेको आशंका जेलेन्स्कीले पनि खुलाएका छन् । योसँगै सँसारमा आणविक हतियारको प्रयोगको खतरा बढेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP