मंगलबार , बैसाख २९, २०८३

अमेरिकी धनाढ्य एलन मस्कले ट्वीटरको सम्पूर्ण सेयर किन्ने तयारी गरेका छन् । उनले अमेरिकी माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटर किन्न इच्छा व्यक्त गरेका हुन् । मस्क यतिबेला पनि ट्वीटरका सेयर होल्डर हुन् ।

उनले कम्पनीको सेयर प्रतिकित्ता ५४.२० अमेरिकी डलर मूल्यांकन गरेका छन् । यसअनुसार ट्वीटरको सबै सेयर किन्न उनले कम्पनीलाई ४३.४ बिलियन अमेरिकी डलरको अफर पठाएका छन् । यो अप्रिल १ मा बन्द भएको कम्पनीको सेयर मूल्यभन्दा ३८ प्रतिशतले बढी हो ।

‘ट्वीटरको सबै सेयर किन्न गरेको यो अफर उत्कृष्ट र अन्तिम अफर हो,’ मस्कले भनेका छन्, ‘यदि यो स्वीकार गरिएन भने सेयर होल्डरको रूपमा मैले मेरो स्थिति पुनर्विचार गर्नुपर्छ ।’ मस्कले ट्वीटरका प्रतिनिधिलाई बुधबार नै यो अफर पठाएका थिए ।

मस्कले कम्पनीको सबै सेयर किन्ने पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाललाई नभई बोर्ड अध्यक्ष ब्रेट टेलरलाई सम्बोधन गरिएको छ । ‘मैले ट्वीटरमा लगानी गरे किनकी यसमा विश्वभर स्वतन्त्र अभिव्यक्तिको माध्यम बन्ने क्षमता छ,’ मस्कले भनेका छन्, ‘मैले लगानी गरेपछि यसलाई निजी कम्पनीको रूपमा रुपान्तरण गर्न आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP