आइतबार , जेठ २६, २०८२

अमेरिकी धनाढ्य एलन मस्कले ट्वीटरको सम्पूर्ण सेयर किन्ने तयारी गरेका छन् । उनले अमेरिकी माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटर किन्न इच्छा व्यक्त गरेका हुन् । मस्क यतिबेला पनि ट्वीटरका सेयर होल्डर हुन् ।

उनले कम्पनीको सेयर प्रतिकित्ता ५४.२० अमेरिकी डलर मूल्यांकन गरेका छन् । यसअनुसार ट्वीटरको सबै सेयर किन्न उनले कम्पनीलाई ४३.४ बिलियन अमेरिकी डलरको अफर पठाएका छन् । यो अप्रिल १ मा बन्द भएको कम्पनीको सेयर मूल्यभन्दा ३८ प्रतिशतले बढी हो ।

‘ट्वीटरको सबै सेयर किन्न गरेको यो अफर उत्कृष्ट र अन्तिम अफर हो,’ मस्कले भनेका छन्, ‘यदि यो स्वीकार गरिएन भने सेयर होल्डरको रूपमा मैले मेरो स्थिति पुनर्विचार गर्नुपर्छ ।’ मस्कले ट्वीटरका प्रतिनिधिलाई बुधबार नै यो अफर पठाएका थिए ।

मस्कले कम्पनीको सबै सेयर किन्ने पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाललाई नभई बोर्ड अध्यक्ष ब्रेट टेलरलाई सम्बोधन गरिएको छ । ‘मैले ट्वीटरमा लगानी गरे किनकी यसमा विश्वभर स्वतन्त्र अभिव्यक्तिको माध्यम बन्ने क्षमता छ,’ मस्कले भनेका छन्, ‘मैले लगानी गरेपछि यसलाई निजी कम्पनीको रूपमा रुपान्तरण गर्न आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP