मंगलबार , अषोज २७, २०८३

काठमाडौं, बैशाख १ । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो ।

रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP