शुक्रबार , बैसाख ५, २०८२

विराटनगर, बैशाख १ । भारतीय भन्सारले सीमापारि रोकेका मालवस्तु सहितका ट्रक तथा कन्टेनरहरू मंगलवार साँझदेखि विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्न थालेका छन् ।

भारतबाट नेपालतर्फ आयात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौं मालवाहक सवारी साधन रोकिएका थिए ।

औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट नेपाल आउने मालवस्तु हतियार वा विष्फोटक पदार्थ बनाउन प्रयोग हुनसक्ने भन्दै कडाइ गरेपछि विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनी क्षेत्रमा ३ सयभन्दा बढी मालवाहक सवारी रोकिएका थिए ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले भने, ‘भारतीय भूभागमा धेरै मालवाहक साधन रोकिएका थिए । मंगलवारदेखि ती साधन आउन थालेका छन् ।’

विभिन्न रासायनिक पदार्थ, भिटामिन तथा ओखतीहरू, उपचारमा प्रयोग गरिने धूलो, मेडिकल केमिकल, भ्याक्सिन, इन्सुलिन र पशु भ्याक्सिन लगायतका वस्तु लिएर आउँदै गरेका साधन भारतले रोकेको थियो । त्यस्तै टाँस्ने गम, खोटो, रोजिन र टर्पेन्टाइन वर्गका मालवस्तु, पीभीसी सेट, प्लास्टिक सामग्री, सिसा र सिसाबाट बनेका मालसामान, जिन्क, निकल, गन्धक र फलामे झ्यालढोकाका सामग्री पनि रोकिएका थिए ।

भन्सार कार्यालयका अनुसार औद्योगिक मेशिनरी, विद्युतीय सामग्री, मोटर पार्ट्स र मेडिकल इक्वीपमेन्ट पनि रोकिएका थिए । रोकिएका सामान आयातको लागि मालवस्तु निर्यात गर्ने कम्पनी, उद्योग वा फर्मले ती मालवस्तु कुन प्रयोजनको लागि निर्यात गर्न खोजिएको हो भन्ने खुलाएर फारम भर्नुपर्ने र त्यसलाई भारतीय भन्सारले स्वीकृत गरेपछि जाँचपास हुने भन्सार एजेन्ट संघले जनाएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP