मंगलबार , अषोज २७, २०८३

विराटनगर, बैशाख १ । भारतीय भन्सारले सीमापारि रोकेका मालवस्तु सहितका ट्रक तथा कन्टेनरहरू मंगलवार साँझदेखि विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्न थालेका छन् ।

भारतबाट नेपालतर्फ आयात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौं मालवाहक सवारी साधन रोकिएका थिए ।

औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट नेपाल आउने मालवस्तु हतियार वा विष्फोटक पदार्थ बनाउन प्रयोग हुनसक्ने भन्दै कडाइ गरेपछि विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनी क्षेत्रमा ३ सयभन्दा बढी मालवाहक सवारी रोकिएका थिए ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले भने, ‘भारतीय भूभागमा धेरै मालवाहक साधन रोकिएका थिए । मंगलवारदेखि ती साधन आउन थालेका छन् ।’

विभिन्न रासायनिक पदार्थ, भिटामिन तथा ओखतीहरू, उपचारमा प्रयोग गरिने धूलो, मेडिकल केमिकल, भ्याक्सिन, इन्सुलिन र पशु भ्याक्सिन लगायतका वस्तु लिएर आउँदै गरेका साधन भारतले रोकेको थियो । त्यस्तै टाँस्ने गम, खोटो, रोजिन र टर्पेन्टाइन वर्गका मालवस्तु, पीभीसी सेट, प्लास्टिक सामग्री, सिसा र सिसाबाट बनेका मालसामान, जिन्क, निकल, गन्धक र फलामे झ्यालढोकाका सामग्री पनि रोकिएका थिए ।

भन्सार कार्यालयका अनुसार औद्योगिक मेशिनरी, विद्युतीय सामग्री, मोटर पार्ट्स र मेडिकल इक्वीपमेन्ट पनि रोकिएका थिए । रोकिएका सामान आयातको लागि मालवस्तु निर्यात गर्ने कम्पनी, उद्योग वा फर्मले ती मालवस्तु कुन प्रयोजनको लागि निर्यात गर्न खोजिएको हो भन्ने खुलाएर फारम भर्नुपर्ने र त्यसलाई भारतीय भन्सारले स्वीकृत गरेपछि जाँचपास हुने भन्सार एजेन्ट संघले जनाएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP