मंगलबार , अषोज २७, २०८३

नेपाली नयाँ बर्ष २०७९ को अवसर पारेर अस्ट्रेलियाको डार्विनमा नेपलीज न्यु एअर पार्टी हुदैछ।  च्वास्सै इवेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रममा डीजे नाइट्स सहित केहि अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका स्थानीय नेपाली कलाकारको सहभागितामा हुनेछ।

DJ Gurkha, नेपाली Underground  Beatbox 2018 का बिजेता छिरिंग भोटे लगाएत डार्विनमै बसोबास गर्ने कलाकारहरु प्रतिक केसी, सागर थापा र मिलन केसी लगाएतले कार्यक्रममा आफ्नो प्रस्तुति दिने छन् भने कार्यक्रम संचालन भने सिर्जना केसीले गर्ने छिन्। अप्रिल १४ तारिकबिहिबार यानीकि नेपाली नयाँ बर्ष बैशाख १ गतेकै दिन पारि गर्न लागिएको कार्यक्रम सफल हुनेमा आयोजक टिम विस्वस्त छ।  कार्यक्रममा कुनै इन्ट्री फि नभएको कारणले पनि धेरै दर्शक श्रोताको सहभागिता हुने देखिन्छ।  रातिको ९ बजे बाट सुरु हुने कार्यक्रम बिहानको ३ बजे सम्म चल्ने छ।

69 Mitchell ST Darwin मा अवस्थित  Six Tanks Brew Co. मा हुन लागेको उक्त कार्यक्रममा, डार्विन बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई च्वास्सै इवेन्ट परिवार हार्दिक स्वागत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP