आइतबार , बैसाख ७, २०८२

इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएपछि उनका समर्थकले पाकिस्तानभरी सभा र्यालीको आयोजना गरिरहेका छन् ।

कराँची र लाहौरमा हज्जारौँको संख्यामा जुटेका समर्थकको भीडले राती झण्डा र मसाल देखाउँदै इमरान खानको समर्थनमा नाराबाजी गरे ।

यसअघि आइतबार इमरान खानको पार्टीका प्रवक्ता फवाद चौधरीले बेलुकाको नमाजपछि प्रदर्शन गर्न अपिल गरेका थिए ।

इमरान खानका प्रतिद्वन्द्वी शाहबाज शरिफ सोमबार पाकिस्तानका अर्का प्रधानमन्त्री बन्नु लगभग निश्चित मानिएको छ । शनिबार अबेर राती भएको अविश्वासको प्रस्तावको मतदानमा इमरान खान हारेका थिए, त्यसपछि उनको सरकार ढलेको थियो ।

विपक्षी गठबन्धनले इमरान खानलाई देशको अर्थतन्त्र ध्वस्त पार्नका लागि जिम्मेवार बताउँदै आएको छ तर खानका अनुसार उनलाई अपदस्थ गर्नका लागि अमेरिकाको षड्यन्त्र जिम्मेवार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP