
अस्ट्रेलियाको उत्तरी भागमा रहेको सुन्दर शहर डार्विन, जहा नेपाली समुदायको उल्लेखनीय बसोबास रहेको छ। प्राय जस्तो नेपाली समुदायको आयोजनामा केहि कार्यक्रम भइरहने यो ठाउँमा Royal Events र Oasis Education को आयोजनामा Freedom Tour नाम दिई एक कार्यक्रमको आयोजना गरिदै छ।
पछिल्लो समयमा युवा पुस्तामा निकै लोकप्रिय बनेका युवा कलाकार Vek र Yabesh को उपस्थिति रहने कार्यक्रम May 1st 2022 मा Opium Night Club मा हुने छ।
उक्त कार्यक्रमको इन्ट्री टिकट पहिलेनै बुक गरे $ 25 र पछि कार्यक्रम हुने दिन $30 लाग्ने जानकारी हामीलाई कार्यक्रम आयोजक सशिम मास्केले जानकारी दिनु भयो।
साथै सबै डार्विनमा रहने नेपालीलाइ उपस्थिति भइ यो कार्यक्रम सफल बनाउन आग्रह पनि गर्नु भयो।
Covid को महामारी पछि सम्भवत: अस्ट्रेलियामा नेपालबाट कलाकार बोलाएर गर्न लागिएको यो पहिलो कार्यक्रम हो।
उक्त कार्यक्रमको मिडिया पार्टनरमा NDTV Darwin र PURAKHABAR ONLINE NEWS PORTAL रहेका छन्।