मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघमा पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । आज काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा आयोजित महासंघको प्रारम्भिक साधारणसभा तथा महाधिवेशनले भरत भट्टराई नेतृत्वको २९ सदस्यीय अघिल्लो कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

महासंघको अध्यक्षमा भट्टराई, बरिष्ठ उपाध्यक्षमा सुरेश प्रसाईं (शोभित), उपाध्यक्षमा अर्जुन चालिसे, महासचिव रमेश कुमार घिमिरे छन् । यसैगरी सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सहकोषाध्यष श्याम सुन्दर नगरकोटी र बरिष्ठ सदस्यमा दीपकबाबु बोगटी छन् ।

कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र क्याप्टेन विजय लामालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, विशाल भट्टराई, दीपक मलहोत्रा, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलका साथै नेपाल दूरसञ्चार प्राधिकरण, कम्प्युटर एशोसिएशन अफ नेपाल, सामसुङ्ग, शाओमी, लगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP