मंगलबार , बैसाख २९, २०८३

सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार जानकारी दिए ।

यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ। यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय बैठक गरेको छ ।

यसैगरी नेपाल–कम्बोडिया प्रथम बैंक भर्चुअल माध्यमबाट गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको कार्कीले बताए । यस्तै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि स्वीकृत पनि बैठकले गरेको छ ।

बैठकले नेपाल प्रहरीको एआईजीमा बसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र कुमार धानुकलाई बढुवा र पदस्थापन गर्ने निर्णय गरिएको बताउँदै उनले भूमि आयोगको ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय पनि भएको जानकारी दिए । यस्तै न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का र गोरखापत्रको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP