मंगलबार , बैसाख २९, २०८३

झरना थापा अभिनेत्री मात्रै होइन, निर्देशकको भूमिकामा पनि खरो उत्रिसकेकी छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिजको तयारीमा छ ।

फिल्म रिलिजको व्यवस्थापन गर्नमै अहिले झरना व्यस्त बनिरहेकी छन् । कोरोना महामारीपछि लयमा फर्किन फिल्म क्षेत्रले गरिरहेको संघर्ष र दक्षिण भारतीय (साउथ) फिल्मको बढ्दो प्रभावका बीच ‘ए मेरो हजुर ४’को चौथो सिक्वेल प्रदर्शनमा आउँदैछ । यिनै विषयमा केन्द्रित रहेर अभिनेत्री थापासँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

विषयवस्तु र निर्देशकीय पक्षमा अघिल्ला संस्करणभन्दा ‘ए मेरो हजुर ४’ कुन अर्थमा भिन्न छ ?

मैले २५ वर्षदेखि भोगेको अनुभवलाई हेर्दा मैले जुन निर्णय गरेको छु, ठीक छ भन्ने लाग्छ । रिलिजको समयमा आएर यस्ता अवरोध धेरै भोगेको छु । मेरो मात्र होइन, यो अधिकांश निर्माताको पीडा हो ।
सबैले सहजै अनुमान लगाउन सक्नुहुन्छ कि ए मेरो हजुर प्रेमकथामा आधारित फिल्म हो । अहिलेको पुस्ताले प्रेमलाई बुझ्ने तरीकाबारे फिल्म बनाइएको हो । एकछिनमा लभ पर्ने र एकछिनमै छुट्ने, सानो कुरामा रिसाउने र सानो कुरामा चित्त दुखाउने टाइपको ।

अहिलेको प्रेम दिगो देखिंदैन । अहिलेका बच्चामा संयमताको कमी हो कि ? यिनै कुरामा नै मैले फिल्मलाई केन्द्रित गरेकी छु । अहिलेको पुस्ताको प्रेममै आधारित भन्न मिल्छ । केही मात्रामा भएपनि आफ्नो मौलिकता र संस्कृतिलाई दर्शाउन मैले पाटनको नेवारी समुदायको संस्कार र संस्कृतिलाई चित्रण गरेकी छु । अहिलेका दर्शक धेरै बुझ्ने हुनाले कन्टेन्ट कस्तो छ भनेर उहाँहरुले पक्कै बुझ्नुभएको होला ।

तन्नेरी प्रेमकथासँग वयस्क दर्शकले कसरी अपनत्व महसुस गर्लान् ?

उहाँहरुले पनि बुझ्नुहुन्छ । उहाँहरुका पनि छोराछोरी छन् । आफ्नो छोराछोरीले यस्तो गर्नुपर्छ र यसरी हिंड्नुपर्दो रहेछ भनेर बच्चालाई बुझ्न मेहनत गर्नुहुन्छ । बाबुछोरीको माया, बाबुछोराको माया र झगडाजस्ता कुरालाई मज्जाले महसुस गर्न सक्नुहुन्छ ।

चौथो सिक्वेलमा अनमोल र सुहानाको अभिनयमा कत्तिको परिपक्वता आएको महसुस गर्नुभएको छ ?

दुवै जनाले मेहनत गरेको देखिन्छ । निर्देशकको रुपमा भन्दा म उनीहरुको कामप्रति खुसी छु । सामाजिक सञ्जालमा कमेन्ट पढ्दा पनि दर्शकले अनमोल र सुहानाको प्रशंसा गरेको पाएको छु । नाच्न पनि सक्ने भएका छन् । मेरा साथीहरुले पनि अभिनयको तारिफ गर्नुभएको छ, देखिन्छ पनि ।

शिव रेग्मीको पालादेखि नै सुरु भएको ‘ए मेरो हजुर’को ‘लिगेसी’को कुन पक्षलाई निरन्तरता दिनुभएको छ ? अघिल्ला फिल्मभन्दा यसमा कुन पक्षमा सुधार आएको छ ?

पहिलो भागमा शिव रेग्मी दाइले म र श्रीकृष्ण दाइ (स्वर्गीय श्रीकृष्ण श्रेष्ठ)लाई एउटा फ्रेममा उतारेर प्रेम र ट्रयाजेडीमा बाँध्नुभयो, त्यो कुरालाई मैले अहिलेसम्म पनि निरन्तरता दिएकी छु । चौथो सिक्वेलमा पनि गहिरो प्रेमकथा, प्रेम कस्तो हुनुपर्छ भन्ने कथावस्तु छ । साथै, सुधार गर्नुपर्ने पक्षमा प्राविधिक पक्षदेखि निर्माणसम्म छन् । दुईतीन सहायकको भरमा हाम्रो दिमागले जति भ्याउँछ, त्यहीअनुसार काम गरेका हुन्छौं । धेरै कुराहरु सुधारेकी छु ।

केटी मान्छे भएर पनि गाली खाने, केटी मान्छे भएर पनि जे पायो त्यही बोल्ने भन्ने जस्ता कुरा आएका थिए । तर उहाँहरुले भन्नुभयो भनेर मलाई दुःख त लाग्दैन । कथाअनुसार नै मैले होस्टेलमा बसेका केटीहरु कसरी बोल्छन् भन्ने कुरालाई देखाएकी छु । तर पनि उहाँहरुले भनेअनुसार अझै धेरै भएछ कि । शब्द अलि कम गर्नुपर्ने थियो कि भनेर ती कुराहरु ‘ए मेरो हजुर ४’ मा देख्न सक्नुहुन्न । कथा चाहिं उस्तै छ । निर्देशकीय र प्राविधिक पक्षमा सुधारेको छु ।

फिल्म प्रदर्शनलाई लिएर धेरै चुनौती पनि देखिएका छन् । यी चुनौतीका बीच ‘ए मेरो हजुर ४’ अब्बल सावित होला ?

निर्माता एवं पति सुनिलकुमार थापासँग झरना
मैले २५ वर्षदेखि भोगेको अनुभवलाई हेर्दा मैले जुन निर्णय गरेको छु, ठीक छ भन्ने लाग्छ । रिलिजको समयमा आएर यस्ता अवरोध धेरै भोगेको छु । मेरो मात्र होइन, यो अधिकांश निर्माताको पीडा हो । जब रिलिजको बेला आउँछ, बाधा अड्चन आउँछन्, भनेजति शो नपाउने, कहिले कुन फिल्म आउने, कहिले नेपाली फिल्म जुध्ने, सो घट्नेजस्ता कुराले जहिल्यै हामीलाई तनाव दिएको अवस्था छ । जहिले पनि एउटा नियम बनाएर त्यो कुरालाई फलो गरेर अघि बढ्नुपर्छ । रुल्स बनाउने तर फलो नगर्ने समस्या हामीकहाँ भएको छ । पहिलेदेखिकै दुःखद् कुरा हो यो ।

हामी प्रणाली बसाएर जानै सकेका छैनौं । रिलिजको समयमा आएर जहिले पनि निर्माता-निर्देशकको दिमाग खराब भइरहेको हुन्छ । ए मेरो हजुर ३ को समयमा पनि यस्तै अवस्था थियो । हामी नै दुई-तीनवटा नेपाली फिल्मसँग जुधेका थियौं । अंग्रेजी फिल्म आइराखेको छ, कलंक भन्ने हिन्दी फिल्म पनि थियो । त्यस्तो अवस्थामा पनि फिल्म लगाउनै बाध्य भएका थियौं । त्यतिबेला पनि दर्शकको भरोसा भन्दै छाड्दियौं ।

अहिले पनि हामीले रिलिज मिति पहिल्यै तोकेका थियौं । म केजीएफ (साउथ फिल्म ‘केजीएफ च्याप्टर २’)माथि आएको होइन नि त । मैले डेट घोषणा गरेपछि केजीएफ आएको हो । मेरो सल्लाहकार पनि कमजोर भएको हो कि दर्शक पनि डराउनुभएको हो कि, मैले बुझ्नै सकेको छैन । सबैजनाले केजीएफसँग किन जुधाएको भनेर भन्नुहुन्छ । भाग्नुपर्छ भनेर सल्लाह पनि दिने र उहाँहरुले कमेन्ट पनि त्यस्तो गर्ने । वास्तवमा ए मेरो हजुरले पहिल्यै तोकिसकेको डेट हो ।

दोस्रो कुरा, दर्शकहरु सकारात्मक हुनुहुन्छ । ५ प्रतिशतले मात्रै भाग भनेर जेसुकै लेखिरहनुभएको हुन्छ, बाँकी ९५ प्रतिशतले त सपोर्ट नै गरिरहनुभएको छ । हामीलाई सपोर्ट गरेपनि नगरेपनि मलाई केही छैन । मलाई के कुरामा विश्वास छ भने २५ वर्षसम्म दर्शकले जति माया दिएर कलाकार, निर्माता र निर्देशक बनाइदिनुभएको छ त्यो शक्ति त उहाँहरुले दिनुभएको हो नि मलाई । उहाँहरुले नस्वीकारेको भए त म निर्देशक हुँदिनथें र ए मेरो हजुर २ बनाउँदा नै म किकआउट हुनेथिएँ ।

म नयाँ वर्षमै फिल्म लगाउँछु । डराउनेवाला छैन । भगवान् भरोसाअनुसार नै अघि बढ्नेछु । जे हुन्छ राम्रोको लागि हुन्छ भनेर म अघि बढेको छु । २ र ३ मा जे भयो, ४ मा आएर पनि त्यही अवस्था आइरहेको छ ।

अब केही समय ‘ए मेरो हजुर’लाई रोकेर, नयाँ फिल्म ‘भागवत गीता’ बनाउन लाग्नुभएको हो ?

ए मेरो हजुर २ गरिसकेपछि मैले भागवत गीता नै ल्याउँछु भनेर घोषणा गरेकी थिएँ । दर्शकले ए मेरो हजुर ३ ल्याउनु भनेर भन्नुभयो । मिडिया, सल्लाहार, निर्माता र वितरकबाट पनि सोही अनुसार सुझाव आयो । हलिउड र बलिउडमा पनि यस्तै ट्रेन्ड आइरहेको छ भने हामी किन अर्कोमा जाने भन्ने कुरा भयो । ट्रेण्डलाई फलो गर्न सबैले सल्लाह दिएपछि मैले ए मेरो हजुर ४ बनाएँ । अब चाहिं मैले प्रोजेक्ट चेन्ज हुनुपर्छ भन्ने लागेर भागवत गीता बनाउने तयारी गरेको छु । यो फिल्मको भदौबाट छायांकन सुरु गर्ने योजना छ । अहिलेसम्म कलाकार फाइनल गरिएको छैन ।

दक्षिण भारतीयलगायत विदेशी फिल्मका कारण नेपाली फिल्ममा बढेको चुनौतीलाई कम गर्न के गर्नुपर्ला ?

पाँच-सात वर्षअघिसम्म साउथ मुभीभन्दा हामी नाक खुम्च्याउँथ्यौं । डड्याङडुडुङ, हाहाहुहु, उडेको र गुडेको देख्दा हामी हाँस्थ्यौं । तर साउथका दर्शक यति सपोर्टिभ भइदिए कि उनीहरुले आफ्ना फिल्मलाई गरेको सपोर्ट देख्दा मुम्बईको फिल्म पनि चल्न छाडे । जस्तोसुकै भीएफएक्स होस्, हेर्न मन नलाग्ने र हाँसोलाग्दा दृश्य भएपनि दर्शकले उनीहरुलाई सपोर्ट गरे, सम्मान दिए ।

आज आएर उनीहरुले ९०० करोडको फिल्म बनाउन सफल भए । बलिउडलाई पनि हल्लाए । बलिउडलाई पनि सोच्न बाध्य बनाइदिए उनीहरुले । जबसम्म हामीलाई हाम्रो दर्शकको साथ मिल्छ, तबसम्म डराउनुपर्दैन । मुख्य कुरा यही नै हो । कतिपय कुरामा कमीकमजोरी छ म मान्छु । हामीले अझैपनि धेरै कुरामा सुधार ल्याउनुपर्छ । तर काम गर्दै जाँदा जान्ने कुरा हो । पढ्दै गएपछि पढिने कुरा हो अनि बल्ल पास भइन्छ । तर यहाँ एकैचोटि रिजल्ट खोजिएको छ ।

हामी बलिउड र हलिउडजस्तो मेकर होइन । हामीसँग पर्याप्त बजेट छैन । हामीसँग पनि धेरै ट्यालेन्ट कलाकार, निर्देशक र कथाकार छन् । तर यहाँ बजेट र बजारको कुरा आउँछ । बजार र पैसाको कुरा हुन्थ्यो भने हामी पनि उहाँहरुसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं । तर पनि दुई करोडमा हामीले राम्रो फिल्म दिने प्रयास त गरेका छौं नि ।

केही दर्शकले नेपाली फिल्म राम्रो बन्दैन भनेर गुनासो गर्नुहुन्छ । एउटै कथा र त्यही हिमाल भन्नुहुन्छ । त्यसरी नेगेटिभ नभइदिनुस् । अहिले भर्खरै लागेको साउथ मुभी ‘आरआरआर’मा पनि तपाईंले के देख्न सक्नुहुन्छ ? भीएफएक्सका काल्पनिक दृश्यबाहेक अन्य कथा विषयवस्तु त त्यही हो । दुःख पाएको हुन्छ, हिरो डन हुन्छ, एक फाइट हान्छ, सय जना उड्छन्, राम बनेर धनुषवाण चलाउँछ । यी कुराहरु त कुनै नयाँ होइनन् नि । प्रस्तुति नयाँ हो । मेहनत नयाँ हो ।

हाम्रो प्रस्तुतीकरण पनि नयाँ छ र हामीलाई पनि दर्शकले साथ दिन जरुरी छ । फिल्मकर्मी पनि एकजुट भएर अघि बढ्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 204 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP