आइतबार , जेठ २६, २०८२

एजेन्सी, १८ चैत्र । यूरोपेली देशहरुले रुसलाई ग्याँसको रकम रुबलमा नतिरे आजबाट लागू हुने गरी पाइपलाइन नै बन्द गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डलर र यूरोमा नभई रुबलमा ग्याँस र तेलको मूल्य तिर्न मध्यरातिसम्मको समय तोकेमा सकिएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि अमेरिका, बेलायतलगायत यूरोपेली युनियन आवद्ध मुलुकहरुमध्ये धेरैले आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् । जवाफमा रुसले पनि ती देशहरुले ग्याँस र तेल खरिद गर्न चाहेमा रुबलमा तिर्नुपर्ने शर्त राखेको छ । रकम नतिरे सित्तैमा दिन नसकिने भन्दै पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ ।

यूरोप रुसी ग्याँसमा निर्भर छ । यूरोपमा अधिकांश हिटिङ र ऊर्जा रुसी ग्याँसबाट चल्ने गरेको छ । यूरोपले रुसबाट ४० प्रतिशत ग्याँसको उपभोग गर्छ । दैनिक २० करोड देखि ८० करोड यूरो बराबरको ग्याँस रुसले यूरोपमा आपूर्ति गर्छ । यो नेपाली मूल्य २५ अर्ब देखि १ खर्ब रुपैयाँ हुनआउँछ । यूरोपमा रुसले दैनिक एक खर्ब रुपैयाँ बराबरको ग्याँस आपूर्ति गर्छ ।

रुसले रुबलमा ग्याँस खरिद गर्नुपर्ने भनेपछि यूरोपका देशहरु अप्ठ्यारोमा परेका छन् । उनीहरु रुसबाट अन्य देशतर्फ विकल्प हेर्न थालेका छन् । ग्याँसको आपूर्ति कतार, अमेरिका जस्ता देशहरुबाट गर्ने पहल थालेका छन् । तर, त्यो समय लाग्ने र महङ्गो पर्ने हुनसक्छ ।

रुसले रुबलमा मात्र सामान बेच्ने भनेपछि कोइला, धातु, रेयर अर्थ, मल, काठ, गुडागुडीको सामानको मूल्य पनि वृद्धि हुनथालेको छ । कोइलाको मूल्य वृद्धि हुँदा विश्वभर कोइलाबाट उत्पादन हुने विजुलीको मूल्य आकाशिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP