शनिबार , भाद्र १३, २०८३

एजेन्सी, १८ चैत्र । यूरोपेली देशहरुले रुसलाई ग्याँसको रकम रुबलमा नतिरे आजबाट लागू हुने गरी पाइपलाइन नै बन्द गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डलर र यूरोमा नभई रुबलमा ग्याँस र तेलको मूल्य तिर्न मध्यरातिसम्मको समय तोकेमा सकिएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि अमेरिका, बेलायतलगायत यूरोपेली युनियन आवद्ध मुलुकहरुमध्ये धेरैले आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् । जवाफमा रुसले पनि ती देशहरुले ग्याँस र तेल खरिद गर्न चाहेमा रुबलमा तिर्नुपर्ने शर्त राखेको छ । रकम नतिरे सित्तैमा दिन नसकिने भन्दै पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ ।

यूरोप रुसी ग्याँसमा निर्भर छ । यूरोपमा अधिकांश हिटिङ र ऊर्जा रुसी ग्याँसबाट चल्ने गरेको छ । यूरोपले रुसबाट ४० प्रतिशत ग्याँसको उपभोग गर्छ । दैनिक २० करोड देखि ८० करोड यूरो बराबरको ग्याँस रुसले यूरोपमा आपूर्ति गर्छ । यो नेपाली मूल्य २५ अर्ब देखि १ खर्ब रुपैयाँ हुनआउँछ । यूरोपमा रुसले दैनिक एक खर्ब रुपैयाँ बराबरको ग्याँस आपूर्ति गर्छ ।

रुसले रुबलमा ग्याँस खरिद गर्नुपर्ने भनेपछि यूरोपका देशहरु अप्ठ्यारोमा परेका छन् । उनीहरु रुसबाट अन्य देशतर्फ विकल्प हेर्न थालेका छन् । ग्याँसको आपूर्ति कतार, अमेरिका जस्ता देशहरुबाट गर्ने पहल थालेका छन् । तर, त्यो समय लाग्ने र महङ्गो पर्ने हुनसक्छ ।

रुसले रुबलमा मात्र सामान बेच्ने भनेपछि कोइला, धातु, रेयर अर्थ, मल, काठ, गुडागुडीको सामानको मूल्य पनि वृद्धि हुनथालेको छ । कोइलाको मूल्य वृद्धि हुँदा विश्वभर कोइलाबाट उत्पादन हुने विजुलीको मूल्य आकाशिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP