शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले कमजोर सरकारी संरचना र अनुसन्धानबिना लादिएका नीतिका कारण सरकारले अपेक्षित आर्थिक वृद्धि र विकास निर्माणका गतिविधि संचालन गर्न नसकेको दाबी गरेका छन् । विगतका वर्षहरुमा अबलम्बन गरिएका खराब नीतिका कारण अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको उनले बताए । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आगामी बजेटबारे सुझाव दिनका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘हाम्रो चुनौती संस्थागत सुदृढीकरण हो । हाम्रो संरचना, व्यवस्थापकीय क्षमता र कार्य क्षमता नबढाएसम्म हामी गुणात्मक परिवर्तन गर्न सक्दैनौं,’ अर्थमन्त्री शर्माले भने, ‘कपी पेस्ट गरिएका नीति छन् । अनुसन्धानमा आधारित नीति छैनन् ।’

अहिले देखिएका समस्या यसअघि लागू गरिएका नीतिको उपज रहेको उनले बताए । ‘हिजोका नीतिले अहिलेको अवस्था सिर्जना भएको हो । तर मान्छेहरुले देशको संरचना हेर्दैनन्, हिजोका नीति हेर्दैनन्, मेरो अनुहार हेर्छन् । फलानो मन्त्रीले काम गर्न सकेन भन्छन्’ शर्माले भने । यद्यपि सबै गुनासो र चुनौती स्वीकार्न आफू तयार रहेको उनले बताए । ‘सबै खालका चिन्ता, अपेक्षा र आशाको सम्मान गर्छु । साथै सुधारका सबै प्रयास गर्ने प्रतिबद्धता जनाउँछु,’ उनले भने ।

संस्थागत सुधारका लागि पनि आफूले पहल गरेको उनले बताए । ‘पुराना नीति हाम्रा कमजोरी नै हुन् । सच्याउनुपर्ने अवस्था छ । निरन्तर सुधारको प्रतिबद्धता भयो भने यी सम्भव छन् । अहिल्यै सुधार गर्ने कि कालान्तरमा सुधार गर्ने भन्ने पनि ठूलो अर्थ छ’ उनले भने । चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने पनि अर्थमन्त्री शर्माले स्वीकारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP