शनिबार , भाद्र १३, २०८३

एजेन्सी, १५ चैत्र । रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ ।

वार्तापछि रुसी पक्षले सकारात्मक संकेतहरु मिलेको प्रतिक्रिया दिएको छ । लगत्तै रुसले युक्रेनी राजधानी किभमा सैन्य फौजको सक्रियता घटाउने निर्णय गरेको छ । यसअघि नै रुसले किभभन्दा अन्यत्र सक्रियता बढाउने निर्णय लिएको थियो ।

रुसका सहायक रक्षामन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार किभ र चेरनिगोभमा सैन्य गतिविधि घटाउने घोषणा गरे । उनले निर्णायक संवाद किभमा हुने बताए ।

फोमिनले युक्रेन तटस्थ राष्ट्र बन्ने देखि परमाणु हतियाररहित रहने शर्तमा तयार भएपछि वार्ता सकारात्मक मोडतर्फ बढेको जनाए । यसअघि युक्रेनका राष्ट्रपति जेलेन्सीकले तटस्थ देश बन्ने तर त्यो युक्रेनी जनताले जनमतसंग्रहबाट निर्णय लिने बताएका थिए ।

रुसले भने क्रिमियाका अलावा पूर्वी युक्रेनका केही भूभागमा त्यहाँको जनताको निर्णय मान्नुपर्ने शर्त राख्दै आएको छ । उसले ती भू-भाग नियन्त्रणमा लिन खोजेको चर्चा चलिरहेको छ । क्रिमियामा रुसले नियन्त्रण बनाइराखेको छ । तर, अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन ।

यसैगरी, रुस र युक्रेनबीचको युद्ध रोकिने सम्भावना बढेपछि कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । आज साँझ मूल्य घटेर सय डलर भन्दा केही बढी कायम भएको छ ।-Photo Source: Agency

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP