सोमबार , भाद्र १५, २०८३

तिलोत्तमा — तिलोत्तमा नगरपालिकाले साढे ११ करोड रुपैयाँ खर्चेर भ्यू टावर निर्माण गरेको छ । तिलोत्तमा-२ स्थित वनवाटिकामा १ सय ३४ फिट उचाइको भ्यू टावर निर्माण भएको हो ।

०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको दोस्रो अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । ‘कुल २५ हजार १ सय २२ वर्ग फिट क्षेत्रफलमा रहेको टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनका गतिविधि हुनेछन् भने बाँकी तलाबाट दृश्यावलोकन गर्न सकिनेछ,’ नगर प्रमुख बासुदेव घिमिरेले भने ।

तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँ लागतमा निर्माण भएको उक्त १० तले भ्यू टावर प्राकृतिक निर्माण सेवाले निर्माण गरेको बताए । टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले बेहोरेको छ ।

लिफ्ट सुविधासहित बनेको सो टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, अट्याच ट्वाइलेट‚ बास मिल्ने गरी बनाइएको वातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचना बनाइएको इन्जिनियर वनले जनाए । टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू धमाधम बनिरहेका छन् । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्टेसनसमेत निर्माण भइरहेको उनले बताए ।

त्यस्तै, चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको भन्दै वनले गत चैतमा केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए । निर्माणाधीन संरचना अबको २ वर्षभित्र पूर्ण रुपमा सम्पन्न हुने जनाइएको छ ।

टावरको सातौं तलादेखि दसौं तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिन्छ भने दूरबिनको सहायताले भारतको गोरखपुर, नौतनवासम्मका देख्न सकिने नगरप्रमुख घिमिरेले बताए ।

उक्त टावरको उद्घाटन चैत १५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने नगर प्रमुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP