मंगलबार , बैसाख २९, २०८३

आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १० दिन बसेर सोमवार सकिएको हो । मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

‘तीनवटा विषय बैठकका एजेण्डा थिए । जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भयो’, नेता बास्तोलाले भने, ‘महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको छ ।’ यद्यपी संस्थागत रुपमा पार्टी निर्वाचनमा नगएपनि व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमा व्यापक संशोधन गर्दै पारित भएको छ । चन्दले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावप्रति केन्द्रीय समिति सदस्यहरुले असहमति जनाएपछि संशोधनसहित पारित भएको हो । बैठकमा ६९ सदस्यीय केन्द्रीय समिति सदस्य मध्ये ४४ जना विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए ।

त्यस्तै सो पार्टीले वैज्ञानिक समाजवाद लागू गर्न जनमत संग्रहका लागि दवाव दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP