मंगलबार , बैसाख २९, २०८३

रोल्पा — स्थानीय तहको निर्वाचन नजिक आइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार रोल्पा आए । सत्ता गठबन्धन शक्तिसँगै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा तीव्र बहस चलेका बेला दाहालले भने रोल्पामा गठबन्धनलाई निरन्तरता दिनु आवश्यक भएको दाबी दोहोर्‍याए ।

‘प्रतिगामीलाई परास्त पार्न अहिलेको गठबन्धनलाई कायमै राख्नु आवश्यक छ,’ प्रतिपक्षी दल एमाले र उक्त पार्टीका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै उनले भने, ‘नायक बनाउन खोज्दा खलनायक बन्न चाहनेसँग साथै बसेर जान सकिएन । अब तिनीसँग मिल्न सक्ने कुरा छैन ।’ रोल्पा नगरपालिकाले करिब ६ करोड लगानीमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गरेका दाहालले दिउँसो सदरमुकाम लिबाङमा आयोजित जनसभालाई सम्बोधन गरेका थिए ।

सात वर्षपछि रोल्पा आएका दाहालले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा हौस्याउने र फुक्र्याउने प्रयास समेत गरे । ‘तपाईंहरु महान हुनुहुन्छ, महान जनयुद्ध यहीँबाट सुरु भएको थियो । म युद्धको नेतृत्वकर्ता भएकाले मलाई तपाईंहरूप्रति गर्व छ,’ उनले भने । यतिबेला आफ्नो दललाई हेपिएको प्रसंग उल्लेख गर्दै दाहालले जिल्लावासीलाई फुक्र्याउँदै भने, ‘तपाईंहरूले इँटको जवाफ पत्थरले दिनुस् ।’ रोल्पाप्रति आफ्नो बेग्लै साइनो भएको प्रसंग कोट्याउँदै उनले युद्ध सुरु गर्दा र शान्ति प्रक्रिया थाल्नुअघि लगातार २ वर्ष यहीँ बसेको समेत सुनाए । ‘हामीलाई कसैले हेप्न खोज्दा तपाईंहरुले जोगाउनु होला । रक्षा गर्नुहोला,’ उनले आग्रह गरे । उनले जनयुद्धको महानता जोगाउन र बुझाउन रोल्पालीले मात्रै जानेको समेत बताए ।

बुद्धिजीवी र जनता आफ्नो पक्षमा भएकाले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा लहर देखिने दाबी गर्दै उनले भने, ‘माओवादी फेरि एकपटक पुरानै शक्तिमा फर्कने अवस्था देखिएको छ ।’। एमसीसी पारित गर्नुको कारण गठबन्धन र संविधान जोगाउनु रहेको दाबी गरेका उनले अबका हरेक निर्वाचन माओवादीका लागि लडाइँ भएको बताए । शान्ति प्रक्रियापछिको पहिलो निर्वाचन २०६४ मा दाहालले रोल्पाबाट संविधानसभाको सदस्यमा निर्वाचनबाट विजयी भएका थिए ।

दाहालले लिबाङमा बोल्दै केपी ओलीलाई कम्युनिस्ट एकताबाट नायक बनाउन खोजेको तर २०७५ सालमा माओवादी र एमाले एकता असफल भएको बताए । प्रधानमन्त्री बनेपछि ओली संविधान र परिवर्तनविरुद्ध लाग्दा समस्या उत्पन्न भएको र पार्टी अलग हुन पुगेको समेत दाहालले बताए । ओलीलाई लक्षित गर्दै दाहाले भने, ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिन्थ्यो कि भनियो, जसलाई नायक बनाउन सकिन्थ्यो कि भनियो उनी खलनायक निक्लिए ।’

यसअघि काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टी एकता गर्ने क्रममा माओवादी अध्यक्ष दाहाललाई धुँदा वाग्मती मैलो भएको भन्दै कटाक्ष गरेका थिए ।

हेलिकप्टरबाट रोल्पा आएका दाहाल सोमबार नै काठमाडौं फर्किए । लिबाङमा आयोजित सभामा जिल्ला माओवादीले जिल्लाभरबाट करिब ६ हजार कार्यकर्तालाई ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP