शनिबार , भाद्र १३, २०८३

काठमाडौँ — पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । शनिबार पीएनजीविरुद्ध नै अर्धशतक बनाउँदै आफ्नो व्यक्तिगत स्कोरको कीर्तिमान तोडेका दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् ।

दीपेन्द्र एक दिवसीयमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रले सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । दीपेन्द्रले १४० बलमा १०५ रन बनाएर क्याच आउट भए । उनी नोर्म्यान भानुआको बलिङमा चाड सोपरको हातबाट क्याचआउट भएका हुन् ।

शुक्रबार मात्र रोहित पौडेलले शतक हान्दै पारस खड्काको रेकर्ड तोडेका थिए ।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता पूर्वकप्तान पारस खड्काले मात्र नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । जतिबेला नेपालले २५५ रनको लक्ष्य पछ्याइरहँदा पारसले यूएईविरुद्ध दुबईमा शतकीय इनिङ्स खेलेका थिए ।

रोहितले १ सय ७ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरी १ सय २६ रन बनाए । उनले यसअघि पारसले बनाएको कीर्तिमान १ सय १५ रनको स्कोरलाई मात्र उछिनेनन्, नेपालबाट सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत उच्च स्कोरको कीर्तिमान बनाए । कनिष्क चौगाईंले २००३ मा पाकिस्तानको कराँचीमा एसीसी यू–१९ कपमा माल्दिभ्सविरुद्ध १ सय २५ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP