मंगलबार , बैसाख २९, २०८३

काठमाडौं / सत्ताको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरु भएको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरु भएको कांग्रेस बैठकलाई चासो पूर्वक हेरिएको छ । चुनावमा गठबन्धन गरेर जानु पर्ने र त्यसको बिरोध गर्नेहरुको दुई समूह कांग्रेसमा भएका कारण केन्द्रीय समिति बैठकलाई चासोका रुपमा हेरिएको छ ।

सभापति एवं गठबन्धनबाट प्रधानमन्त्री छानिएका शेरबहादुर देउवाले गठबन्धनको पक्षमा वकालत गरिरहँदा शेखर कोइराला पक्षले भने गठबन्धनको बिरोध गरिरहेको छ । केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय लाद्न नहुने पक्षमा रहेको छ । आजको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ । यस क्रममा अधिकांश नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे धारणा राखेका छन् ।

गठबन्धनको पक्षमा बोल्नहरुले पनि केन्द्रबाट नभइ स्थानीय स्तरबाट गठबन्धन गर्नु पर्ने धारणा राखेका छन् । बैठकमा धारणा राख्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । उनले गठबन्धन गर्दै जाँदा कांग्रेसले कांग्रेमा भोट हाल्ने अवस्था कतिपय ठाउँमा नबन्ने बताउँदै पार्टी कमजोर हुने बताएका थिए । कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले गठबन्धन गर्न नहुने धारणा राखे । उनले अन्य पार्टीले भने अनुसार गठबन्धन गर्दा कांग्रेस आगामी दिनमा थप कमजोर हुने बताएका थिए ।

नेता बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताए । उनले पार्टीमा एकता कायम नगर्ने अनि बाहिर गठबन्धन गर्न खोज्दै हिँड्ने गर्न नहुने बताएका थिए । त्यस्तै नेता नैनसिंह महरले पनि गठबन्धन गर्न खोज्दा बगलीमा रहेको पनि खस्ने डर हुने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP