मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्ष को बन्ने भन्ने विषयमा लामो समय विवाद चल्यो । संघका अध्यक्ष कुमार पन्त बद्री केसीलाई अध्यक्ष बनाउन खुलेरै लागि परेका थिए भने अर्को समूह कुल आचार्यलाई अध्यक्ष बनाउनु पर्ने पक्षमा थियो । विभिन्न देशहरुमा भएको भोटर (प्रतिनिधि) चयनबाट सुरु भएको विवादले संघलाई फुटको संघारमा पुर्‍याएको थियो ।

पूर्व अध्यक्ष शेष घले, देवमान हिराचन, अध्यक्षका आकांक्षी कुल आचार्यलगायत एक पक्षमा थिए भने अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने, अध्यक्षका आकांक्षी बद्री केसीलगायत अर्को पक्षमा थिए ।

सहमतिका लागि विभिन्न समयमा भएको प्रयास असफल भएपछि पूर्वअध्यक्ष घलेले संरक्षकको हिसाबले छुट्टै महाधिवेशन आयोजक समिति गठन गरे । चैत ८ र ९ गतेका लागि काठमाडौंमा महाधिवेशन तोकेर विश्वभरमा रहेका प्रतिनिधिहरूलाई बोलाइयो । महाधिवेशनले कुल आचार्यलाई नयाँ अध्यक्ष घोषणा गर्ने लगभग पक्का पक्की जस्तै थियो । उता पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले निर्वाचन नगर्न आदेश दिएको थियो ।

नभन्दै ८ चैतमा अर्थमन्त्री जनार्दन शर्माले होटल याक एण्ड यतिमा महाधिवेशनको उद्घाटन गरे । यता मन्त्री शर्माले उद्घाटन गर्दै गर्दा उता कुल आचार्यले पने पन्त समूहसाग नयाँ सहमति गर्दै संयुक्त अध्यक्ष बन्न राजी भएर पत्रकार सम्मेलनमा बोल्दै थिए । आचार्य अर्को कित्तामा उभिए पछि यता अध्यक्ष बन्ने अवसर भने कोरिया निवासी विनोद कुँवरले पाएका छन् । आफू परिस्थितिले अध्यक्ष बनेको बताएका उनले अब अग्रजहरु सबैसँग सल्लाह लिएर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP