बुधबार , असार २४, २०८३

तनहुँ : जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जबर्जस्तीकरणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला सरकारी वकिल रामचन्द्र शर्माले जानकारी दिए।

नाबालिक किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको अभियोगमा शाह फागुन १५ देखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्।

अब शाहलाई कारागार चलान गरिनेछ।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा पनि जबर्जस्ती करणी मुद्दा चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP