मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको र यसले प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको बताए ।

तर महँगोमै बिजुली किनेर भएपनि बिहीबार रातिबाट सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने उनले बताए । उनले हालको समस्या छोटो अवधिको रहेको स्पष्ट पारे । ‘यो तत्कालीन असर हो । केही समयका लागि भारतबाट आउने बिजुली महँगो पर्ने परिस्थिति देखिएको छ, हामीले महँगोमै पनि आपूर्ति गरी उद्योगलाई दिन्छौं, राति १२ बजेदेखि कुनै पनि उद्योगलाई बिजुलीको समस्या हुँदैन’ उनले भने । लोडसेडिङ हुने भ्रममा नपर्न पनि उनले आग्रह गरे ।

प्राधिकरणले शुक्रबारका लागि प्रतियुनिट भारु २० रुपैयाँमा बिजुली किन्न प्रस्ताव गरेकाले भारतबाट बिजुली पाउनेमा आफू आशावादी रहेको घिसिङले बताए । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य अकासिएको छ । त्यसको असर नेपालमा पनि परेको र यसलाई विश्वव्यापी संकटकै रुपमा बुझ्नुपर्ने घिसिङले बताए ।

जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने उनले बताए । ‘असारदेखि त ४/५ सय मेगावट निर्यात नै गरिन्छ’ उनले भने । घिसिङका अनुसार बिहारबाट हाल नेपालमा दिउँसो दैनिक ३ सय मेगावाटसम्म बिजुली आइरहको छ । यो आर्थिक वर्षको केही महिना करिब ३० प्रतिशत बिजुली आयात भएको घिसिङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP