शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा एक्लै लड्छु भन्नु अहंकार हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन, तर स्वार्थ नै स्थायी हुन्छ । अहिले पनि समावेशी लोकतन्त्र र संघीय गणतन्त्रप्रति वक्रदृष्टि छ । परिवर्तनको रक्षाका लागि एकताबद्ध हुनुको विकल्प छैन । हामी ठाउँ अनुसार चुनावी तालमेल गर्छौं । जस्तोः हाम्रो शक्ति पर्याप्त भएको व्यास नगरपालिकामा एक्लै लड्छौं र पर्याप्त नभएको शुक्लागण्डकीमा तालमेल गर्छौं ।”

एक्लै लड्छु भन्ने नाममा केपी ओली प्रवृत्तिलाई बलियो बन्न दिनु नहुनेमा उनको जोड छ । उनले थपे, “कांग्रेसले कुनै पनि अहंकार प्रदर्शन गर्नुहुन्न । हाम्रो ध्यान आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेमा हुन्छ । जसको बहुमत हुन्छ, सरकार त्यसैले बनाउँछ । त्यसैले कांग्रेस एक्लै लड्दा अरु मिलेर लडे भने के हुन्छ ? अहंकार गर्नु भनेको ओली प्रवृत्तिलाई बलियो बनाउनु हो । सबैलाई ओलीतिर धकेलेर कांग्रेस फेरि २३ सिटमा झर्नु भएन । हामी गठबन्धनलाई जोगाएर लैजाने पक्षमा छौं ।”

पार्टीभित्र न्यायोचित मूल्यांकनका लागि आफू लडिरहने पनि पौडेलले बताए । उनले भने, “शेखर कोइरालाले भागबन्डा चाहिँदैन भन्नुभएको छ । म कुनै पनि नेता कार्यकर्तालाई अन्याय गर्न पाइँदैन भनेर औंला ठड्याइरहेको छु । पार्टीभित्र भागबन्डाभन्दा पनि न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन हुनुपर्छ । यस पटक कांग्रेसलाई जिताउनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP