शनिबार , जेठ २५, २०८२

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा एक्लै लड्छु भन्नु अहंकार हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन, तर स्वार्थ नै स्थायी हुन्छ । अहिले पनि समावेशी लोकतन्त्र र संघीय गणतन्त्रप्रति वक्रदृष्टि छ । परिवर्तनको रक्षाका लागि एकताबद्ध हुनुको विकल्प छैन । हामी ठाउँ अनुसार चुनावी तालमेल गर्छौं । जस्तोः हाम्रो शक्ति पर्याप्त भएको व्यास नगरपालिकामा एक्लै लड्छौं र पर्याप्त नभएको शुक्लागण्डकीमा तालमेल गर्छौं ।”

एक्लै लड्छु भन्ने नाममा केपी ओली प्रवृत्तिलाई बलियो बन्न दिनु नहुनेमा उनको जोड छ । उनले थपे, “कांग्रेसले कुनै पनि अहंकार प्रदर्शन गर्नुहुन्न । हाम्रो ध्यान आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेमा हुन्छ । जसको बहुमत हुन्छ, सरकार त्यसैले बनाउँछ । त्यसैले कांग्रेस एक्लै लड्दा अरु मिलेर लडे भने के हुन्छ ? अहंकार गर्नु भनेको ओली प्रवृत्तिलाई बलियो बनाउनु हो । सबैलाई ओलीतिर धकेलेर कांग्रेस फेरि २३ सिटमा झर्नु भएन । हामी गठबन्धनलाई जोगाएर लैजाने पक्षमा छौं ।”

पार्टीभित्र न्यायोचित मूल्यांकनका लागि आफू लडिरहने पनि पौडेलले बताए । उनले भने, “शेखर कोइरालाले भागबन्डा चाहिँदैन भन्नुभएको छ । म कुनै पनि नेता कार्यकर्तालाई अन्याय गर्न पाइँदैन भनेर औंला ठड्याइरहेको छु । पार्टीभित्र भागबन्डाभन्दा पनि न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन हुनुपर्छ । यस पटक कांग्रेसलाई जिताउनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP