शुक्रबार , भाद्र १२, २०८३

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए ।

उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् । उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP