बुधबार , बैसाख १७, २०८२

विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।

आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ ।

लेटाङ नगरपालिका वडा नं. ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब २८ जना प्रहरी र विद्यार्थीहरू घाइते भएका थिए । यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा स्थिति तनावग्रस्त बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP