मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभा राप्रपाको शक्ति प्रदर्शनको रुपमा रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

आमसभालाई भव्य र व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरिएको उनले जानकारी दिए । समितिमा काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सहसंयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु पनि रहेका छन् ।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उपाध्यक्षहरु ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मूल समितिको पहिलो तयारी बैठक बसेको थियो । सो बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने निर्णय गरेको थियो ।

गत मंसिरमा सम्पन्न महाधिवेशनबाट पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देन चुनिएपछि राप्रपाले हाल देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको छ । फागुनबाट सुरु भएको देश दौडाहाको क्रममा उनले ४० भन्दा बढी सभालाई सम्बोधन गरिसकेका छन् । आइतबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेका लिङ्देन सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP